एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले नेपालका बामपन्थीहरु बाटो विराएपनि सुध्रने छाँटकाट नदेखिएको बताएका छन् । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्वको समिक्षा र स्मरण गर्दा ति जनयुद्वका सम्पुर्ण उद्देश्य र भावनाहरु विर्सिएको दावी गरेका छन् ।
जययुद्वताका सहयोद्वा कमान्डर हालका उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिती रहेको कार्यक्रममा उनले यस्तो बताएका हुन । सभामुख मण्डलले भने, दिर्घकालिन जनयुद्व मार्फ गाँउबाट शहर घेर्ने भन्थ्यौं र शस्त्र क्रान्ति मार्फत जनताको मुक्तिलाई साकार गर्ने भन्थ्यौं खोइ त कता गयो ति योजना र एजेन्डा ? उनले प्रश्न गरे ।
तत्कालिन फौजी हामि जनताको क्रान्तिको सपना पुरा गर्न धेरै कुरा गरयौं तर हामै कारण आज के त्यो सम्भव छ उनको प्रश्न छ । पुर्व माओवादी समेत रहेका बौद्विक नेता मण्डलले मलाई पिडा छ, के सोचेर जनयुद्वमा लागे आज के कारण कहाँ छु ? उनले यसो भनिरहँदा उपराष्ट्रपति पुन ध्यान पुर्वक सुनेका थिए ।
मण्डलले माकर््सवाद, लेलिनवाद सहितको मर्म पनि स्मरण गराएका छन् । कार्यक्रममा माओवादीका मधेशका नेता भरत प्रसाद साह, पार्टीबाट मन्त्री बनेकी शहिद पुत्री सुनिता यादव सहितको उपस्थिती थियो ।