एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ : धनुषाको धनुषाधाममा प्रत्येक वर्ष माघ महिनाको हरेक आइतवार लागने मकरमेला सम्पन्न भएको छ । त्रेता युगमा राजा जनकले आफनी छोरी सिताको विवाहका लागि राजकुमारले भाच्नै पर्ने सर्तको रुपमा राखेको शिव धनुषाको तिन टुक्रा मध्ये बिचको एक टुकडा धनुषाधाममा झरेकाले सो धनुषको पुजापाठ गर्न धनुषाधाममा हरेक वर्ष भब्य मेला लाग्ने गरेको छ ।
धनुषाधामको शिवधनुषको पूजा अर्चना गर्न नेपाल तथा भारतका हिन्दु धर्माव्लम्बीहरु धनुषाधाम आउने गर्दछन् । धनुषको अवशेष रहेको ठाउमा अहिले मन्दिरको स्थापना समेत गरिसकिएको छ । यसै अवसरमा प्रत्येक प्रत्येक वर्ष माघ महिनाको हरेक आइतबार याँहा मकरमेला लाग्ने गरेको छ ।
शिवधनुषलाइ पुजनाले चर्म रोग सहित रोग व्याधि नष्ट भइ दिर्घायु हुने र मनोकामना पुरा हुने जनविश्वास रहेको छ । साथै शरिरमा कुनै प्रकारको दाग, धब्वा तथा चर्मरोग छन भन्ने भाकल गरि भान्टाको भार चढाउनाले रोगको विनाश हुने समेत जनविश्वास रहेकोले पनि तराइका विभिन्न ज्ल्लिा तथा भारतका केही स्थानबाट तिर्थालुको घुइचो लाग्ने गरेको छ । धनुषको टुक्रा माथीनै करिव साढे पाँच सय वर्ष पुरानो पिपलको बोट समेत रहेको जनविश्वास छ ।
धनुषको आकार विस्तारै पुर्व तर्फ फैलिदै समेत गएको धनुष मन्दिरका महन्थ भरत दास बताउछन । बोटमुनी रहेको त्रिशुलसंगै एउटा कुण्ड पाताल गंगा छ हेर्दा रुद्राक्ष जस्तो देखिने यसै कुण्डको जलआधारवाट किसानहरु यस वर्ष कस्तो वाली हुने भन्ने आँकडा लगाउने गर्या छ । धनुषाको अंश स्थलमा विभिन्न देवी देवताको मन्दिर समेत स्थापना गरि पर्यटकीय स्थलका रुपमा विकास गरिदै छ ।
यस मेलाबाट घरका लागि कोसेलीको रुपमा अनिवार्य किन्ने गरिएको पतरक(तेजपात)केसउर, धुप, कोदालो, हलो, हँसिया, खुकुरी जस्ता फलामे बस्तुहरुको व्यापारमा पनि गिराबट आएको छ । मेलामा फूलमाला र भान्टाभारको व्यापारमा भन्ने भारी बृद्वि हुने गरेको छ । मेलामा यस वर्ष पनि श्रद्वालुहरुको उत्साहजनक सहभागिता रहेपनि पहिलेको तुलनामा दर्शनार्थीहरु घटदै गएको महन्थ दासको भनाई छ ।
माघको अन्तिम आइतवार रहेकाले आज मेलामा भिडभाड अत्याधिक देखिएको छ । प्रत्येक वर्ष लाग्ने यो मेलालाइ व्यवस्थित तथा सुरक्षित गर्न कुनै पुर्व तयारी नभएको हुदा श्रद्वालुहरुको मेला प्रतिको उत्साह घटेको स्थानियवासी तथा बुद्विजिवीहरुको भनाइ छ ।
त्यसैगरी फलफुल, मिठाइको सट्टा माछामासु र मदिराको विक्रीमा बृद्वि, मदिरासेवन गर्नेको संख्या बढदै, र्तिथालु मर्कामा पर्नु, सुरक्षा अभावमा महिला माथि र्दुव्यवहार, ट्राफिक व्यवस्थापन नहुदा सवारी साधनको आवतजावतमा कठिनाइ, वजार व्यवस्थापनका अभावमा अनावयश्क भिडभाड, तथा पुर्व तयारी नहुदा आकर्षण नबढनु नकारात्मक पक्ष देखिन्छन् । तिनै तहको सरकारले यस्ता मेलाको संरक्षण, सम्वद्वन र प्रचार प्रसार गर्न आवयश्क छ ।
तस्वीरहरु माघ १ गते आइतवार पहिलो मकर मेलाका दिन खिचिएको छ । भिडियो भने आजको हो ।