एसपी रिपोर्टर
जनकपुरधाम, माघ २५ : मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले विरामी परेर घरमा आराम गरिरहेका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीलाई भेट गरि स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको शंखघोष गरी २००७ सालदेखि अविरल रुपमा धुवांधार कलम र सशरीर कुरुर शासकहरुको विरोधमा लडेका अथक योध्दा, स्वाभिमानी, निडर, गुगल म्यान भनेर चिनिने नेपालीको अमुल्य योगदानको कदर स्वरुप उच्च सम्मान गर्न तीनवटै तहका सरकारलाई आग्रह गरेका छन् ।
विगत एक वर्षदेखि अस्वस्थ्य रहेको नेपाली पत्रकारिताका भीष्म पितामाह राजेश्वर नेपालीको जनकपुरधाम २३ बेलास्थित निवासमा सभामुख मण्डलले संचारकर्मीहरुसंगको साक्षत्कारमा तानाशाही व्यवस्थाको अन्त्यका लागि अनवरत समाचार, अभिव्यक्ति, लेख, रचना, सम्पादकीय, वक्तव्य संगै तमाम आन्दोलनमा अग्रनी भुमिका खेलेका साहित्य साधकको नाममा सरकारको तर्फबाट विशिष्ट सम्मान र पुरस्कारको स्थापना गर्न सकेमा भावि पीढिका लागि प्रेरणाको श्रोत बन्ने दावि गरेका छन् ।
सभामुख मण्डलले नेपालीको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । एता मधेश प्रदेशका शिक्षा विज्ञान प्रविधी तथा बाणिज्य मन्त्री महेश यादवले पनि विरामी परेर घरमा आराम गरिरहेका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीलाई भेट गरि स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् ।
मन्त्री यादवले नेपाली एक जिउँदो शहिद भएको बताउदै उहाँको योगदानको प्रशंसा गरेका छन् ।