एसपी रिपोर्टर
जनकपुरधाम, माघ २५ : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १४ रजौल स्थित श्री राम जानकी खेल मैदानमा एका विहानै देखि केहि कामदारहरु मैदानको मध्य भागमा क्रिकेट खेलका लागि आवश्यक पर्ने पिच निर्माणमा खटेका हुन्छन् । केहि युवाहरु उनलाई सहयोग गरिरहेको र प्राविधिक कुराहरुको निर्देशक दिइरहेको हुन्छ । बाक्लो हुस्सु र चिसोमा पनि युवाहरु विभिन्न क्रिकेट प्रतियोगिता गर्नुपर्ने भएकाले पिच निर्माणको कामलाई रोकेका छैन ।
जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे पनि विहानको नित्यकर्म पछि फ्रेस भएर त्यहाँ पुग्छन र के कति काम भएको जानकारी लिने मात्र गर्दैनन त्यस काममा आफु पनि खटने गरेका छन् । कमदारहरुलाई ललाई फकाई दैनिक समय भन्दा बढि नै काम गर्न लगाउछन् । दैनिक कुनै नेता, जनप्रतिनिधी वा पत्रकारलाई खेलमैदानको अवस्था र भइरहेको आफुहरुको काम हेरिदिन हुन अनुरोध गर्छन र लिएर जान्छन ।
किनकी उनीहरुको मनोलब उच्च छैन । तत्काल आफनै स्रोत साधनले काम अगाडि बढाएपनि पैसा र भुक्तानीको के हुने भन्ने उनीहरुको खुलदुली छ । अहिले बनिरहेको पिच निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले २० लाख रकम उपलब्ध गराउने प्रतिवद्वता जाहेर गरेकै भरमा जे पर्ला पर्ला भन्दै उनीहरु फागुन अन्त्य तिर रंगशालामा क्रिकेट प्रतियोगीता गर्ने गरि लागेका छन् ।
युवा अगुवा सरोज मिश्रले भने, ‘करिव १७ बिघ्घा जग्गा र प्रचुर सम्भावना रहेको रंगशालाको जग्गा घेराबेरा गर्ने काम तत्काल तारवारले भएपनि त्यसको पनि निकासा भएको छैन ।’ मधेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले सो घेराबेरा तारवारका लागि आश्वासन दिएको थियो ।
पाण्डे भन्छन, ‘हामि आफनो लागी गरेको होइन नि, यो रंगशाला कम्तिमा राष्ट्रिय स्तरको भएपनि यहाँ हुने राष्ट्रिय स्तरको गेमले जनकपुरधामको पर्यटकिय विकास हुदैन ? व्यापार बढदैन ? होटल चल्दैन ? अनि यस्मा किन कसैको ध्यान छैन ? ।’ उनको प्रश्न छ । म्याचहरु ह्ुन थाल्यो भने युवाहरु इन्गेज हुन्छ कुलतबाट मुक्त हुन्छ जनकपुरधामको स्वास्थ्य मात्र होइन युवा विकास र अनुशासन बढेर समाजलाई फाइदा हुन्छ, तर कसैलाई कुनै चासो छैन ।
मधेशमा अहिले नेता, मेयर र मन्त्रीहरुका लागि विकास भनेकै सडक, नाला, मन्दिर, मदर्सा, धर्मशाला मात्र भएको छ । देशमा भएका युवाहरुलाई बचाउन, गुमेको खेलकुदको विरासत कम्तिमा फिर्ता गर्न समेत यो रंगशालाको अभिभावकत्व अरुले नभएपनि जनकपुरधाम उपमहानगरपालिकाकाले लिनुुपर्ने उनीहरुको तर्क छ ।
हामिलाई उपभोक्ता समिति, निर्माण समिति केहि बन्नु छैन युवाहरु भन्छन, ‘मात्र रंगशालाको विकास होस बरु ठेकेदार संग काम गराउने र दबाब दिने अभिभावकत्वको जिम्मा र काम पनि हामि नै गरिदिन्छौं ।’ रंगशाला भइदिए जनकपुरधाममा क्रिकेट पुन: फर्किने उनीहरुले एक स्वरमा भने ।