एसपी रिपोर्टर
जनकपुरधाम, माघ २० : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्री परिषद विस्तार गरेका छन् । शुक्रवार मुख्य मन्त्री यादवले विस्तार गरेको मन्त्री परिषदमा सबैको चासो रहेको समाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वाथ्य टुक्राइएर समाजिक विकास मन्त्रालयमा जसपाकी सुरिता कुमारी साहलाई मन्त्री बनाइएको छ भने सोहि मन्त्रालयमा दावी गरिरहेका जनमतपार्टीका संसदिय दलका नेता समेत रहेका महेश प्रसाद यादवलाई शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्रालको जिम्मा दिइएको छ ।
उनले पाएको यो मन्त्रालय नयाँ थपिएको हो । यस संगै मधेशमाम अव मुख्यमन्त्री सहित कुल ११ मन्त्रालय भएको छ । त्यसैगरि एमालेका तिनजना मन्त्रीहरुमा सत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार, राजकुमार लेखीलाई कानुन, न्याय तथा प्रदेशसभा मामिला र मो. जगत खाँ आलमलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको छ । भने जसपाका सिंहासन साह कल्वार लाई खानेपानी तथा उर्जा विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
त्यसैगरि तिनजना राज्यमन्त्रीहरु समेत थपिएको छ । जसपाका शेष अब्दुल कलाम आजादलाई समाजिक विकास, राज्यमन्त्री, एमालेका केशव रायलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजय यादवलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री बनाइएको छ ।
मन्त्री परिषदमा भने माओवादीले सहभागिता जनाउन सकेन । अव खाली रहेको एक मात्र मन्त्रालय उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय माओवादीको भागमा पर्ने छ भने उसलाई एउटा राज्यमन्त्री दिन सक्ने देखिन्छ । माओवादीमा मन्त्री को बन्ने भन्नेमा विवाद छ । थपिएका मन्त्रीहरुलाई प्रदेश प्रमुख हरि शंकर मिश्रले सपथ ग्रहण गराएका छन भने राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री यादवले सपथ ग्रहण गराएका छन् ।
हेर्नोस मन्त्री परिषदमा दलिय भागबण्डा
जसपा नेपाल ( मुख्यमन्त्री, ३ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र तत्काल (उद्योग, पर्यटन तथा वन मन्त्रालय)
संजय यादव : अर्थ मन्त्रालय
सुरिता कुमारी साह : सामाजिक विकास मन्त्रालय
सिंहासन साह कलवार : खानेपानी तथा उर्जा विकास मन्त्रालय
शेख अबुकलाम आजाद : सामाजिक विकास मन्त्रालय (राज्यमन्त्री)
नेकपा एमाले (४ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : भौतिक पूर्वाधार विकास मन्त्रालय
राजकुमार लेखी : कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय
शत्रुधन प्रसाद सिंह : गृह तथा सञ्चार मन्त्रालय
मो. जयद आलम : महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय
केशव राय चौधरी : गृह तथा सञ्चार मन्त्रालय (राज्यमन्त्री)
जनमत पार्टी (२ मन्त्री, १ राज्यमन्त्री)
महेश प्रसाद यादव : शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालय
बसन्त कुशवाहा : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
संजयकुमार यादव : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (राज्यमन्त्री)