एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ : केहि दिन अगाडि क्षिरेश्वरनाथ नगरपालिका स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट छ जना थुनुवा एकैपटक फरार भए । हिरासतको पार्खल फोडेर भागेका उनीहरु प्रहरी चौकीकै सुरक्षा र लावरवाहीलाई उदाङ्गो पारेको भन्दा गलत नहोला ।
तर त्यसबेला सो प्रहरी कार्यालयको नेतृत्व गरिरहेको प्रहरी निरिक्षकलाई कारवाहि हुनुपर्नेमा सम्मानका साथ बिदाई गरिएको छ । बिदाई गर्नेहरु फेरि प्रहरी होइनन नागरिक अगुवाहरु नै हुन । के यो सम्मान र बिदाईलाई शंकाष्पद भन्न सकिदैन ? सम्मान र बिदाई कसलाई हुनुपर्दछ ? यस्ता प्रश्नहरु सहित अहिले चर्चा भइरहेको छ । यस्ले नागरिक समाजकै निश्पक्षता र जुन सुकै अवस्थामा पनि राजनितिक जोडबललाई स्पष्ट गर्दछ ।
घटना भएको सो ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेचन यादवलाई भब्य सम्मान सहित स्थानियले नै बिदाई गरेको छ भने त्यहाँ नयाँ प्रहरी निरिक्षकका रुपमा दिपक कार्कीको आगमण भएको छ र उनलाई पनि स्वागत र सम्मान गरिएको छ । यादवलाई ढल्केवर स्थित नेपाल प्रहरी विशेष सुरक्षागण (दंगा बल) मा तानिएको छ भने विशेष ब्युरो कार्यालय काठमाण्डौंका अनुभवी प्रहरी निरिक्षक कार्कीलाई ईप्रका महेन्द्रनगरको जिम्मेवारी दिइएको छ ।
छानविन समिति बनेर घटनाको कुनै पनि प्रकारको अनुसन्धानमुलक निश्कर्ष नआएको बेला एक प्रकारको कारवाहि भोगेर अन्यतत्र सरुवा भएका प्रहरी अधिकारीलाई समुदायका केहि अगुवाहरुले गरेको सम्मानलाई विभिन्न दृष्टीकोणबाट विश्लेषण भइरहेको छ ।