एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : भारतको अयोध्यामा निर्माणाधिन भगवान श्री राम मन्दिरमा स्थापित गरिने मुख्य मुर्तीका लागि नेपालबाट अयोध्या पुरयाइने देवशिला प्राचिन मिथिलाको राजधानी जनकपुरधाम आईपुग्दा विशेष श्रद्धाका साथ स्वागत र पुजापाठ भएको छ । शिलालाई सर्वसाधारण र साधुसन्त मात्र होइन विभिन्न राजनितिक दलका नेताहरुले पनि एकैसाथ पुजा गरेका छन् ।
भारतको अयोध्यामा निर्माणाधीन प्रसिद्व भगवान श्री राम मन्दिरमा भगवान रामको बालरुपी मुख्य मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीको देवशिला उत्तम मानिदै अहिले अयोध्या पुरयाइदै छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला रुद्राभिशेकसहित विशेष पुजा गरिएको शिला जनकपुरधाम हुँदै अयोध्या पुग्ने छ । अव सो शिला विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । यस्ले नेपालको प्रकृतीक र धार्मिक महत्वको गरिमालाई उचाईमा पुरयाएको छ ।
शनिवार राती ११ बजे नै जनकपुरधाम आइपुगेको देवशिलाको आइतवार विहानै देखि जानकी मन्दिर प्राङ्गणमा दर्शन र पुजापाठ गर्न सर्वसाधारणहरुको भिडभाड लागेको छ । शिलालाई सर्वसाधारण मात्र होइन मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज कुमार यादव, सभामुख रामचन्द्र मण्डल, कांग्रेस नेता विमलेन्द्र निधी, एमाले नेतृ तथा सांसद जुली महतो, लोसपा नेता अनिल झा सहितकाले सामुहिक रुपमै पुजापाठ र श्रद्धा व्यक्त गरे ।
कांग्रेस नेता बिमलेन्द्र निधीले कालीगण्डकीमा शिलाको खोज र रुद्राभिशेक सहितका गतिविधीमा अगुवाई र अग्रसरता देखापछि यस्को राजनितिक दृष्टीकोणबाट समेत चर्चा भने नभएको होइन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली वास्तिविक अयोध्या नेपालकै पर्सा जिल्लाको ठोरीमा रहेको बताए पछिको तरंग र अहिले कांग्रेस नेता निधी उत्तर प्रदेशको आयोध्याको मन्दिरका लागि नेपालमा खेलेको भुमिका केहो भन्ने प्रश्नमा कांग्रेस नेता निधीले नेपाल र भारत वर्ष भन्दा पनि पुरानो इतिहाँस रहेको मिथिला र अवध सम्बन्धको अवेशष अयोध्या र जनकपुरधामको सम्बन्ध बिर्गार्ने खेल भइरहेको बेला यस कार्यले दुई पौरानिक सम्बन्धन थप प्रगाढ र पुर्नजार्गित गर्न भारतको श्री राम मन्दिर ट्रष्टको आग्रहमा आफु यो पहलकदमी लिएको बताए ।
गत साउनमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गरे । भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए ।
जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो । जनकपुरधामका सर्वसाधारणहरु भोली मुर्ती बनिसकेपछि छोएर ढोग्न नपाउने भएकाले शिलाको दर्शन र पुजा गर्न पाएकोमा हर्ष व्यक्त गरेका छन् । शिलालाई जनकपुरधामबाट अयोध्या पुरयाउने खर्च र व्यवस्थापन जिम्मा कांग्रेस नेता निधी वा जानकी मन्दिर महन्त रामतपेश्वर दासको रहेको सहायक महन्त रामरोशन दासले बताए ।
उनले जनकपुरधाम सम्मको खर्च र व्यस्थापन गण्डकी प्रदेश सरकारले गरेको भएपनि अहिले मधेश सरकारको औपचारिक सहयोगको जानकारी आफुहरुलाई नरहेको बताए । देवशिला सोमवार राती भारतको उत्तरप्रदेश स्थित गोरखपुरको प्रसिद्व श्री गोरखनाथ मन्दिरमा पुरयाइने छ । जहाँ उत्तरप्रदेशका मुख्यमन्त्री तथा गोरखनाथ मन्दिरका मठाधिश योगी आदित्यनाथले शिलाको विशेष पुजापाठ गर्दै औपचारिक रुपमा ग्रहण गर्ने र राम मन्दिर ट्रष्टको जिम्मा लगाइने छ ।