एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ : भारत उतर प्रदेशको भगवान श्री रामको जन्मभुमि अयोध्याका लागि ल्याइएको देवशिला जनकपुरधाम आईपुगेको छ । अयोध्यामा निर्माणाधिन भगवान श्री रामको मन्दिरमा स्थापित गरिने श्री रामको बालरुप ‘रामलला’ को भब्य प्रतिमा निर्माणका लागि नेपालको श्री कृष्णागण्डकी तटबाट विधि पुर्वक ल्याइएको देवशिल अहिले सावा एघार बजे जनकपुरधाममा प्रवेश गरेको छ ।

प्रहरीको कडा सुरक्षा र स्कटिङ्गका बिच देवशिला जनकपुरधाम ल्याइएको छ । देवशिला राखिएको ट्रकको अगाडि पछाडि प्रहरी र साधु सन्तको सुरक्षा र स्कटिङ्ग रहेको छ । आज राती श्री जानकी मन्दिरमा राखिने देवशिला अयोध्या पुरयाइने छ । त्यसअघि आइतवार विहान देवशिलालाई श्री जानकी मन्दिरको प्राङ्गणमा विहान ९ बजे दर्शन, पुजन एवं महाआरतीका लागि र्सावजानिक गरिने छ ।