एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ : अचानक कृषि मन्त्रालयको जिम्मा दिइएपनि जनमत पार्टीबाट मन्त्री बनेका ई. वसन्त कुशवाहा आज पदभार ग्रह्ण गर्ने भएका छन् । समाजिक विकास मन्त्रीका रुपमा चर्चामा रहदै सोहि मन्त्रीले प्रयोग गर्ने गरेको क्वाटरमा समेत बस्दै आएका मन्त्री कुशवाहा आज विहान १० बजे मन्त्रालयमा पदभार ग्रहण गर्ने जनमतका नेता विपी साहले बताए ।
संघिय सरकार जस्तै यहाँ पनि महत्व नदिएको जस्तो गरियो अव के गर्नुहुन्छ ? भन्ने प्रश्नमा साहले भने, ‘किसानका लागि कृषि मन्त्रालय गलत होइन यद्यपि समाजिक विकासमा पनि हाम्रै मान्छे जाने हो ।’ यो मन्त्रालय दिएर जसपाले मज्जाले घेरावन्दी गरयो है ? भन्ने थप प्रश्नमा उनले सबै थोकको उचित समय हुने र हाम्रो पनि समय आउने जवाफ दिए ।