एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : भर्खर संसदिय यात्रा तय गर्दै सरकार र मन्त्रालयको कुर्सीमा समेत बस्न नसकिरहेको जनमत पार्टी खेल मैदानमा बसेर आफना भातृ संगठनहरु गठन गरिरहेको छ । संघिय सरकारमा बस्ने कि नबस्ने र मधेश सरकारमा पनि बिना बिभागिय गरि एक/एक मन्त्री पाएको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि काठमाण्डौंमा डेरा नभेटिरहेको चर्चा समेत चलिरहेको छ ।
एता आइतवार वेलुकी जनमत पार्टीको जिल्ला नेताहरु जनकपुरधामको एतिहाँँसिक बाह्रबिघ्घा रंगभुमि मैदानमा भेला गरेर धनुषाको विद्यार्थी संगठन विद्यार्थी जनमत संघ धनुषाको गठन गरेको छ । युवा विद्यार्थी विरेन्द्र यादवको अध्यक्षतामा २० सदस्सीय विद्यार्थी संघको गठन गरिएको छ । अध्यक्षमा चयन यादवले आर्थिक स्थित, नयाँ सन्देश र फुजुल खर्च गरेर विद्यार्थी संगठनको गठन किन गर्ने भन्ने उद्देश्यले बाह्रबिघ्घा मैदानमामा भेला गरेको बताए ।
संघको सह अध्यक्षद्वयमा संजय साह र अजित कु. ठाकुर, उपाध्यक्षमा कृती झा र अनिश यादव सचिवमा अपु साह, सहसचिवमा सुरेन्द्र ठाकुर कोषाध्यक्षमा सचिन यादव र सह कोषाध्यक्षमा श्रुति यादव चयन भएका छन् । त्यसैगरि संघको प्रवक्तामा मनिष कु ठाकुर र सदस्यहरुमा लालु यादवm, राजेश यादव, अभिषेक यादव, शृजना कर्ण, चिकु यादव, सुरेन्द्र मुखीया, बलराम साह, चन्दा कुमारी साह, दिपेश यादव र जय कुमार मण्डल रहेका छन् ।