एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : निर्वाचनमा पराजय बेहोरेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संगठन विस्तारमा सक्रिय भएका छन् । केन्द्रिय राजनितिका साथ साथै यादव मधेश प्रदेशमा संगठन बलियो बनाउन र प्रभाव कस्न विभिन्न राजनिति चतुराय गरिरहेका छन् । संघमा छैठौं र मधेशमा तेस्रो शक्ति भएपनि मधेशमा मुख्यमन्त्री सहित मुख्य शक्तिको रुपमा पार्टीलाई पुन: स्थापित गर्न सफल जसपा अध्यक्ष यादव संसदमा पुग्न नकसेपछि पार्टीको संगठन सुदृढिकरणमा ध्यान केन्द्रित गर्न थालेका छन् ।
यसै क्रममा आफना नयाँ बिश्वास पात्र सरोज कुमार यादवलाई मधेशको मुख्यमन्त्री बनाएर यादव मधेशमा पनि पार्टीलाई बलियो बनाउने अभियान थालेका छन् । मुख्यमन्त्री यादवलाई सक्रिय बनाएर स्वतन्त्र प्रदेश सांसदहरु सुरिता साह र प्रमोद कुमार जयसवाललाई पार्टी प्रवेश बनाएर पार्टीलाई विस्तार गर्न सफल भएका छन् । लोसपाकी प्रभावशाली नेतृ तथा पुर्व सांसद तथा संघिय सरकारकी राज्यमन्त्री समेत रहेकी साहलाई मन्त्री बनाउने गरि जसपाले पार्टी प्रवेश गराएको हो ।
उनीहरुको प्रवेश संगै जसपाको मधेश प्रदेशमा कुल सांसद संख्या १८ पुगेको छ । प्रचण्ड नेतृत्वको संघिय सरकारलाई उपराष्ट्रपतिका लागि दबाब दिइरहेका यादव राष्ट्रपतिको निर्वाचनमा पुन: प्रभावशाली र निर्णायक व्यक्तित्व बन्ने दाउमा छन् । यादव नेपालको पहिलो राष्ट्रपतिको निर्वाचनमा पनि निर्णायक बन्दै रामबरण यादवलाई राष्ट्रपति बनाउन सफल भएका थिए ।
यस्ता छन यादवको राजनितिक दाउ र योजना
पार्टीका अर्का अध्यक्ष अशोक राई आफु र श्रीमती सहित सांसद बन्न सफल भएपछि यादव राईलाई सरकारमा जान रोक्ने निति अनुरुप आफना बिश्वासपात्र रामसहाय यादवलाई संसदिय दलको नेता बनाइसकेका छन् । अव यादवले उपराष्ट्रपति पाउने कोशिस गर्ने र पाएको अवस्थामा नेता रामसहायलाई उपराष्ट्रपति बनाएर आफु सांसद बन्ने रणनितिमा छन् ।
उपराष्ट्रपति नपाए लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अगाडि सारेर सफल हुन चाहने र त्यो भए ठाकुरको क्षेत्रबाट चुनाव लडेर संसदको यात्रा तय गर्न सक्ने ।
ठाकुर राष्ट्रपति बने हालको लोसपा संग पुन: एकता गरि पार्टी मजबुत पार्ने र नेतृत्व आफै गर्ने। त्यो पनि सफल नभए पार्टीलाई सरकारबाट बाहिरै राखेर कांग्रेस संगको रणनितिक यात्रा तय गरि जसपा बिनाको सरकार असफल रहेको राष्ट्रिय सन्देश दिन तर्फ लाग्ने ।
माधव नेपालको पार्टी नेकपा एस संग पार्टी एकता गरि देशको चौथो दल भएर अगामि प्रधानमन्त्रीमा दावी गर्ने र त्यसका लागि आफै नभए माधव नेपाललाई अगाडि सार्ने