एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : ठाकुरले महासंघको निर्णय विपरीत गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई निलम्बन गरी बाध्य भएर विशेष अधिवेशन बोलाउनु परेको महासंघका केन्द्रीय अध्यक्ष साहले बताए । कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको यो संस्थाको गरिमालाई ठेस पुग्ने गरी उनले काम गरेको साहको आरोप थियो ।
जनकपुरधाममा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले संस्थाको गरिमालाई बचाएर काम गर्ने महासचिव बबिता पूर्वेले बताइन् । उनले अबको नेतृत्व पिछडावर्गको हकहितमा केन्द्रित भएर काम गर्ने दाबीसमेत गरेकी छन् ।