एसपी रिपोर्टर
महोतरी, माघ ६ : महोतरी पिपरा गाँउपालिकाको एक निमाविमा बाल विकास भवन तथा खानेपानी र हयान्डवास निर्माणका साथै कक्षा कोठाहरुको मर्मत सम्भार समपन्न भएपछि विद्यार्थी र स्थानिय खुसी भएका छन् । पालिकाको वडा नं. ५ हरदिया स्थित श्री नेपाल राष्ट्रिय भवानी सार्वजनिक आधारभुत विद्यालयमा बाल विकास भवन तथा खानेपानी र हयान्डवास निर्माणका साथै कक्षा कोठाहरुको मर्मत सम्भार समपन्न भई समुदघाटन गरिएको छ ।
पालिकाका अध्यक्ष रामजानकी यादव र योजना कार्यान्वयन गर्ने रतौली युवा क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी सहितकाले सो योजनाको समुदघाटन गरेका छन् । सम्मुनती कार्यक्रम अन्तर्गत शेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पिपरा गाँउपालिकाको समन्वयमा रतौली युवा क्लवद्वारा ४० लाख ७४ हजार ३ सय ३४ रुपैया कुल लागतमा विद्यालयमा सो विकासका निमार्ण कार्य सम्पन्न भएपछि विद्यालय परिवार, विद्यार्थी र स्थानिय विद्यालयको कायापलट हुने भन्दै खुसी व्यक्त गरेका छन् ।
विद्यालयमा आयोजित समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले विद्यालयमा भएको विकास निर्माण कार्यको प्रशंसा गर्दै पालिकाले शिक्षा स्तर उकास्न, गुणस्तरीय शिक्षाको अभिवृद्वि र आधुनिक तथा व्यवहारिक शिक्षाका लागि कुनै कसर वाँकी नराख्ने बताएका छन् । रतौली युवा क्लवका कार्यकारी निर्देशन चौधरीले योजना कार्यान्वयमा विद्यालयका प्रअ, निर्माण समितिहरुले देखाएको तदारुकता प्रशंसनिय रहेको भन्दै विद्यालयको थप विकास र प्रगतीको कामना गरेका छन् । उनले आफुहरुको यो योजना कार्यान्वयन हुदै गर्दा विद्यालयले थप विकासको बजेट पाएकोमा खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष हरिशंकर यादव, पालिकाका शिक्षा संयोजक राजकिशोर झा, योजना निर्माण र खरिद समितिका सदस्यहरु, अभिभावक, शिक्षक, विद्यार्थी सहितको उपस्थिती थियो । कार्यक्रमका बिच विकास निर्माणमा अहम भुमिका खेल्ने बयोवृद्व विद्यालयका कार्यालय सहयोगी बहादुर मण्डललाई विशेष सम्मानीत गरिएको छ ।