पुरन रौनियार
जनकपुरधाम, माघ ५ : माघ ५ गते तराई मधेशले बलिदानी दिवस मनाइरहेको छ । सो अवसरमा मधेश प्रदेश सरकारले सार्वजानिक बिदा समेत दिएको छ । सिरहाको लहानमा मधेश आन्दोलनका आगुवा युवा विद्यार्थी रमेश महतोको हत्या भएपछि २०६३ माघ ५ गतेबाट मधेश आन्दोलन सुरु भएको स्मरणमा माघ ५ गतेलाई मधेशमा बलिदानी दिवसको रुपमा मनाउन थालिएको छ । तर संघिय सरकारले यस दिवसलाई राष्ट्रिय मान्यता दिन सकेको छैन ।
हेर्नोस क–कस्ले गरे मौन धारण र कस्ले गरेन
विहिवार तराई मधेशमा बलिदानी दिवस मनाई रहँदा संजोगले संघिय संसदमा सभामुख चयनको कार्यसुचि परेकाले संसद बैठक बसिरहेको छ । सधै झै बैठकको प्रारम्भमा राष्ट्रियगान सहित संसद बैठक प्रारम्भ भएको थियो । तर सभामुख चयनको प्रस्तावमा आफनो दलिय धारणा राख्न रोष्टममा पुगेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बोल्न पाएको पाँच मिनेटको समयमा एक मिनेट समय दिएर मधेश आन्दोलनका शहिदहरु प्रति मौन धारण गरि श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेका छन् ।

उनको आग्रह पछि मधेश केन्द्रित दलका साथै संसदमा विभिन्न राजनितिक दलका सांसदहरु उठेर मौन धारण गरेका छन । संसदको बैठक अवलोकन गर्न संसद भवनमा रहेका सर्वसाधारण र विशिष्ठ व्यक्तित्वहरु पनि उभेर मौन धारण गरेका छन् । कांग्रेसका सांसदहरु मौन धारण सुरु भएको केहि सेकेन्ड पछि उभेर मौन धारण गरेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्ड सहित माओवादी र एमालेका अधिकांश सांसदरु मौन धारण नगरेको देखिएको छ । रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रविलामिक्षाने भने उभेर मौन धारण गरेका छन् ।
हेर्दा यो परिदृश्य समान्य लागला तर संसदको यो एक मिनेटले धेरै थोकको संकेत गर्दछ । मधेशी दलहरुलाई यो पनि संसदको एक एजेन्डा बन्नु पर्छ भन्दै झस्काएको छ भने कांगे्रसलाई मौन धारणका लागि उठन बाध्य पारेकै हो । राज्यले नै शहिद घोषणा गरेका ति शहिदहरुको बालिदानी दिवस राज्यको किन्न बन्न सकेन र आज तपाई र तपाईहरुको दलले ति शहिदलाई आफनो मानेर मौन धारण गर्छ कि गर्दै ? भन्ने डा. राउतको प्रश्नमा धेरै थोक लुकेको र यस्को बिश्लेषण कलान्तरमा हुने जानकारहरुको भनाई छ ।