एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट असाधारण बहुमत सहित सभाबाट बिश्वासको सम्पुर्ण सर्वसम्मत मत पाएका छन् । प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठकबाट बुधवार मुख्यमन्त्री यादवले सभामा उपस्थित १ सय २ सांसद मध्ये सम्पुर्ण सांसदको मत पाएका छन् । उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री यादवले आफुलाई सम्पुर्ण सांसदले मत दिएकोमा खुसी व्यक्त गर्दै सांसदहरु प्रति धन्यवाद आभार व्यक्त गरेका छन् । मुख्यमन्त्री यादवले आफु भ्रष्टाचारलाई जरै देखि उखेलेर फाल्ने फेरी दोहराए । सबै दल र सांसदले बिश्वासको मत दिएकाले सबैलाई मिलाएर अगाडि बढने समेत उनले सुनाए ।
मधेशको तेस्रो दल जसपाका संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई बिश्वासको मत दिएको प्रदेशको पहिलो दल एमालेका दलका नेता सरोज कुमार यादवले कांग्रेसले बिश्वासको मत पनि दिने र प्रतिपक्षमा पनि बस्ने कुरा सुहाउदो नरहेपनि मुख्यमन्त्रीले कांग्रेसलाई पनि सरकारमा ल्याउँदा समेत आफुहरुलाई केहि फरक नपर्ने बताए ।
कांग्रेसले भने सरकारको सकारात्मक कामलाई सहयोग गर्ने र नराम्रा कामहरुको आलोचना गर्ने भन्दै सरकारमा नगई प्रतिपक्षमै बस्ने बताउछन् । दलका नेता कृष्ण प्रसाद यादवले आफुहरु सरकार बनाउन बिश्वासको मत मात्र दिएको कांग्रेसको तर्क छ ।