FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

अञ्‍जुको सपना अधुरै

अञ्‍जुको सपना अधुरै

जनकपुरधाम, माघ १:
जहाज दुर्घटनाको पारिवारिक वियोगपछि पाइलट बनेकी विराटनगर–५ चाँदनी चोक माइती भएकी को–पाइलट अञ्जु खतिवडाको पनि आइतबार जहाज दुर्घटनामै मुत्यु भएसँगै उनको माइती गाउँ शोकमा डुबेको छ ।
२४ वर्षअघि अञ्जुको विवाह काठमाडौं बत्तीसपुतलीका दीपक पोखरेलसँग भयो । विवाहताका पोखरेल आर्मीको हेलिकोप्टरका को–पाइलट थिए । नातामा अञ्जुका भानिज–काका पर्ने गोपाल रेग्मीले भने, ‘आर्मीको हेलिकप्टरको को–पाइलटपछि दीपक यति एयरलाइन्सको पाइलट बने । तर, २००६ मा जुम्लामा भएको यतिको जहाज दुर्घटनामा उनको मुत्यु भएपछि अञ्जु श्रीमान्‌को सपना साकार पार्न अमेरिका गएर पाइलट पढेर फर्किएकी थिइन् ।’

तर उनको पनि आइतबार पोखराको सेती खोँचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु हुँदा परिवारजन मात्र नभएर पूरै चाँदनी चोक शोकमा डुबेको छ ।

ज्वाइँ दीपकको मुत्युपछि अञ्जुका बुबा गोविन्द खतिवडाले उनलाई बीएन पढाउने गरी भारत पठाउने तयारी गरेका थिए । तर त्यो कुरा अञ्जुले मानिनन् । रेग्मीले भने, ‘अन्जुकै रहर र अडानले उनलाई बुबाले नै खर्च गरेर अमेरिकामा पाइलट कोर्स गर्न पठाएका थिए ।’
सानैदेखि अडान लिने र हिम्मतीलो स्वभावकी उनको उद्देश्य नै सफल पाइलट बनेर पति दीपकको सपना साकार पार्ने थियो । रेग्मीले भने, ‘उद्देश्य पूरा हुन नपाउँदै उनी नै विलय भइन् ।’

अञ्जु पाइलट कोर्स गर्न ६ वर्षकी छोरी मेलिसालाई नेपालमै छाडेर अमेरिका गएकी थिइन् । अहिले उनकी छोरी मेलिसा क्यानडामा अध्ययनरत रहेको पारिवारिक सदस्यको भनाइ छ ।

४५ वर्षीय अञ्जु पाइलट कोर्स पूरा गरेर फर्केपछि सुरुका दिनदेखि नै यति एरलाइन्ससँग जोडिएकी थिइन् । उनले काठमाडौं–भद्रपुर, काठमाडौं–विराटनगर र धनगढीलगायत विमानस्थलमा करिब सय घण्टा उडान भरेकी थिइन् । पारिवारिक स्रोतका अनुसार आइतबार काठमाडौं–पोखराको उडान गरिसकेपछि उनको पाइलटमा बढुवा हुने अन्तिम परीक्षण उडान थियो । माइतीका छिमेकी एवं वडाध्यक्ष सन्तोष न्यापानेले भने, ‘तर उनको सपना अधुरै रह्यो ।’
साभार : कान्तिपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy