एसपी रिपोर्टर
जनकपुरधाम, पुष ३० : नेकपा एमालेकी नेतृ जुली महतोले आफु जनकपुरधामको विकासको लागि कुनै कसर वाँकी नराख्ने बताएकी छिन् । श्री रामानन्दीय श्री बैष्णव संघ तुलसी स्मारक जनकपुरधामको आयोजनामा अनन्त श्री विभुषित जगदगुरु स्वामी श्री रामानन्दाचार्याय जी महराजक जयन्ती महोत्सका क्रममा आयोजित श्रीमद भक्तमाल कथाको समारोहलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य नेतृ महतोले आफुलाई माता जानकीको सखीको रुपमा पनि साधु सन्तहरुले आर्शिवाद दिने गरेको स्मरण गर्दै माता जानकीको यस पावनभुमिको विकासका लागि हरसम्भव प्रयास गर्ने प्रतिवद्वता व्यक्त गरिन ।
सो अवसरमा श्रीमद भक्तमाल कथाको प्रवचनका लागि जनकपुरधाम आएका भारत उत्तर प्रदेश मथुरा वृन्दावनका चर्चित साधु पंडित हरिशरण जी महाराजले पनि धार्मिक वचन राखेका थिए । रामानन्दचौकमा विगत सात दिन देखि श्रीमद भक्तमाल कथाको प्रवचन भइरहेको छ । समारोहमा श्री रामानन्दीय श्री बैष्णव संघ तुलसी स्मारकका अध्यक्ष राम रोशन दास सहित साधु सन्तहरु, सनतान धर्मका अनुयायी र सर्वसाधारणहरुको उपस्थिती थियो ।