एसपी रिपोर्टर
जनकपुरधाम, पुष ३० : देशको सातवटै प्रदेशले मुख्यमन्त्री पाइसकेको छ । अन्य छ प्रदेशमा कुनै सभाहलमा सिमित उपस्थितीका बिच मुख्यमन्त्री र मन्त्रीहरुले सपथ ग्रहण गरिरहँदा मधेशमा भने तामझम र लाखौं खर्चिएर सपथ ग्रहण गरिएको छ । मधेशको नयाँ तथा दोस्रो मुख्यमन्त्री सरोज कुमार यादवले भ्रष्टाचारलाई क्यान्सर भन्दा पनि खतरनाक रोग भन्दै पत्रकारले लेखेका भ्रष्टाचार सम्बन्धी सफा, सत्य र फेयर समाचारमा आरोपित दोषिलाई कडा कारवाही गरिने तर्क पदभार गर्ने क्रममा स्पष्ट पारेका छन् ।
मुख्यमन्त्रीले यस्तो दावी गरिरहँदा शुक्रवार नै उनको सपथ ग्रहण समारोहमै भ्रष्टाचारको संकेत देखिएको छ । देशका अन्य छ प्रदेशहरुमा बनेको नयाँ मुख्यमन्त्री र मन्त्रीहरु कुनै सभाहलमा सपथग्रहण गरिरहेका वेला मधेश प्रदेशमा भने केहि मिनेटको सपथ ग्रहण कार्यक्रमका लागि साढे छ लाखको टेन्ट र पण्डालमा मात्र खर्च गरिएको छ ।
टेन्टको सम्पुर्ण व्यवस्थापनको जिम्मा पाएको श्री राम टेन्ट हाउसका सञ्चालक राजेश कुमार साह क्यामरामा बोल्न डराएपनि साढे पाँच लाखको प्रपोजल हालेको र थप कार्पेटहरु प्रयोग भएकाले एकलाख थप दावी सहित भुक्तानी हुने बताए । तर यस्ता तामझामको कुनै आवयश्कता नरहेको अगुवाहरु बताउछन् ।
कृषि मन्त्रालय बाहेक सबै मन्त्रालय, मन्त्रीका आवास सहितका भौतीक संरचना सहित सभाका लागि कर्भडहलको समेत व्यवस्था रहेको तत्कालिन जचुकाली र हालको मधेश भवनमा गरिएको यस्ता तामझाम र अनावश्यक खर्च युवा र नागरिक समाजलाई मन परेको छैन । मधेश भवनकै परिषरमा समेत सभाहल सहितको कर्भड हल तर त्यसको अवस्था हेर्नोस अहिले केहि व्यक्तिको ब्याडमिन्टन खेल्ने स्पोट बनेको छ ।
सहभागिका लागि चिसोमा चिया त के पानीको समेत व्यवस्था नभएको करिव मात्र १० मिनेटको सपथ ग्रहण समारोहमा देखावटी तामझामका लागि मात्र लाखौं खर्च गरिएको छ । टेन्टका सञ्चालक साहलाई कुल भुक्तानीमा कर्मचारीको भाग बाहेक तपाँईले पाउने वास्तविक रुपैया कति ? भनेर घुमाउरो प्रश्न गर्दा उनी मुसुमुसु हासे मात्र ।
यसमा नव नियुक्त मुख्यमन्त्रीको कुनै पनि सम्बन्ध नरहेपनि सरकारको नेतृत्व पाइरहँदा भ्रष्टाचार अन्त्य गरि सुशासन ल्याउँछु भन्ने उहाँको अठोटलाई यो तामझाम र यस्मा लुकेको भ्रष्टाचारको संकेत सुरुवाती सिकाई र चुनौतीको रुपमा देख्न सकिन्छ ।