एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ : मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मधेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले गरेको कामको समीक्षा गर्ने निर्णय गरेको छ । शुक्रबार पदभार ग्रहण लगतै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले लालबाबु नेतृत्वको सरकारले गरेको कामको समीक्षा गर्ने निर्णय गरेको हो ।
अघिल्लो प्रदेश सरकारले गरेको कामको मूल्यांकन र समीक्षा गर्न उच्चस्तरीय समिति गठन पनि गरिएको छ । बैठकले सबै स्थानीय तहमा जाडोबाट बच्न विपन्न वर्गलाई दाउरा वितरण गर्ने पनि निर्णय गरेको छ ।