एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउत र अमेरिकी राजदुत डिन आर थम्पसन बिच शिष्टाचार भेटघाट भएको छ । बुधबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टी कार्यलयमा अध्यक्ष डा.राउत र राजदुत थम्पसनसंग शिष्टाचार भेटघाट भएको पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका छन् ।
डा. राउतको सचिवालयको अनुसार भेटघाटको क्रममा दुई देशको विकास र सहकार्य तथा नेपालमा अमेरिकी सरकारको शुभेच्छा र सहयोगका बारे समेत छ्लफल भएको बताइएको छ।