एसपी रिपोर्टर
जनकपुरधाम, पुष २३ : जनकपुर जेसिजको नयाँ कार्यसमितिको पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न भएको हो । शनिवार साँझ एक विशेष कार्यक्रमका बिच जनकपुर जेसिज २०२२ का अध्यक्ष जेसी राजकुमार साह ‘राजु’ ले नव निर्वाचित २०२३ का अध्यक्ष जेसी अभिषेक चौधरीलाई माला लगाउदै जेसिजको विधि विधान अनुसार अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेका हुन् ।

जनकपुर जेसिजको २०२३ को नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुले सोहि अवसरमा जेसिजको विधी अनुसार शपथ ग्रहण समेत गरेका हुन् । जेसिजको २०२३ का अध्यक्ष चौधरी, कार्यकारिणी उपाध्यक्ष जेसी राहुलकुमार निधि, जेसी भवेश झा, उपाध्यक्षहरु जेसी दिपक कुमार साह, जेसी विकास कुमार साह, जेसी ओम प्रकाश साह, जेसी कमलकुमारी मण्डलले शपथ ग्रहण गरेका हुन् ।
धनुषा ३ को प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो, जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख मनोज कुमार साह सहितको विशेष उपस्थितीमा भएको सो पदस्थापन तथा पुरस्कार वितरण समारोहमा सांसद महतोले युवाहरुलाई समाजिक रुपान्तरण र उत्थानमा भुमिका निर्वाह गर्न आग्रह गरेकी छन् । युवा बिना समाज र देशको विकास हुन नसक्ने उनको तर्क थियो ।

जनकपुरधामका मेयर साहले युवाहरु व्यक्तिगत रुपमा सफल हुनु मात्र सम्पुर्ण नहुने बताउदै समाजिक अगुवाई र नेतृत्वका हिसावले पनि सफल हुनुपर्ने बताएका छन् । सो अवसरमा जनकपुरधामबाट सम्प्रेशन हुने यस क्षेत्रकै लोकप्रिय अनलाईन पोर्टल एसपी खवर डटकमलाई सम्मानित गरिएको छ । साथै जनकपुरधामबाट प्रसारण हुने लोकप्रिय अप्पन टेलिभिजन, पत्रिकाहरु हुने डेली एक्सप्रेस, राजधानी दैनिक लगायतका सञ्चार माध्यमलाई सम्मान समेत गरिएको छ ।