एसपी रिपोर्टर
काठमाण्डौं, पुष २२ : नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ देउवा र नेपालबीच भेट भएको हो ।
एमालेको सहयोगमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुष २६ गते बिश्वासको मत दिने दिन नजिकिदै गर्दा देशकै सबै भन्दा ठुला दल र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापती देउवा सक्रियता बढाएको छ ।
विहिवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेका देउवा शुक्रवार नेपाल संग गरेको भेटहरुलाई अर्थका हेरिदैछ ।