एसपी रिपोर्ट
जनकपुरधाम, पुस २२ : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते विहिवार ४ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मधेस प्रदेशमा १०७ जना सांसद रहेकोमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९/९, नेकपा एसका ७, नागरिक उनमुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका १/१ जना सांसद छन् ।