एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको गोली हानेर गरिएको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले हत्या गरेको आरोपमा उनकै छोरा र ज्वाइँ सहित ३ जनालाई पक्राउ गरि सार्वजानिक गरेको छ ।
दासको हत्यामा संलग्न रहेको आरोपमा दासका छोरा २१ वर्षिय प्रदीप दास, ज्वाइँ महोतरी पिपरा गाँउपालिका वडा नं. ५ सहोडबा बस्ने ३४ वर्षिय उदय दास र नगराइन नगरपालिका स्थित जटहीका सुटर रंजित यादवलाई प्रहरीले पक्राउ गरि बुधवार सार्वजानिक गरेको हो । मृतक दासका ज्वाइँ उदय दास मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका हवल्दार पदमा रहि काम गर्दै आएका कार्यालयका सवारी चालक समेत हुन् ।
तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले पक्राउ गरेको हो । दुईवटा विवाह गरेको मृतक दासको घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटर यादवसँग डिल गरेर हत्या गराउन लगाएको र बरदातमा उनकै २२० सिसिको पल्सर मोटरसाइकल समेत प्रयोग गरिएको खुलेको छ । प्रहरी स्रोतका अनुसार सुटरहरुलाई दुई पटकमा गरी ३ लाख १० हजार रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी रहेको थियो । घटनामा संलग्न अन्यहरुको समेत खोजी र अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
काकीको हत्यारा भतिज समेत पक्राउ
एता बुधवार नै धनुषा प्रहरीले अर्का एक बलात्कार र हत्या घटनाको अभियुक्तलाई समेत सार्वजानिक गरेको छ । आफनै काकीको बलात्कार पछि विभत्य हत्या गरेको आरोपमा प्रहरीले २० वर्षिय अभियुक्त दिलिप साहलाई सार्वजानिक गरेको हो ।
गत पुष ११ गते बेलुकी पाँच बजेको समयमा जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. ०७ वेलापट्टि बस्ने श्रीराम साहको श्रीमती अन्दाजी वर्ष ३० की कविता देवी साह आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनको १४ महिनाको छोरा कार्तिक कुमार साह घाईते भई उपचारको लागि काव्या अस्पताल जनकपुरधाममा ल्याएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरीलाई शंका लागेर अनुसन्धान थालिएको थियो ।
मृत शरिरको अनुहारकै भाग समेतमा गम्भिर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा रहेकोमा विशेषज्ञ सहितको टोलि घटना स्थलमा पुगेर अनुसन्धान गर्दै जाँदा मृतकको जेठाजुको छोरा साह लाई शंकाष्पद अवस्थामा भेटिएका थिए । आरोपित साहको हाथको बुढि औला तथा घाटिको भागमा स–साना चिछोरीएको जस्तो दाग रहेकोमा निजको शरीर खान तलासि गर्दा दिलिप साहले लगाएको अन्डर वेयर भित्र मृतक कविता देवी साहले प्रयोग गर्ने मोवाईल लुकाई छिपाई राखेको अवस्थामा फेला परेको तथा निजले लगाएको अन्डर वेयरको पछाडी भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको थियो ।
आरोपित साहले वरदातको वखत लगाएको जिन्स पाईन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा आफ्नो घरमा ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा समेत फेला परेपछि साहलाई पक्राउ गरि धनुषा जिल्ला आदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको धनुषा प्रहरीले जनाएको छ ।