एसपी रिपोर्टर
जनकपुरधाम, पुष १८ : जनमत पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको ६ महिनाको कार्य–प्रगति विवरण बुझाउनेबारे निर्देशन दिइएको छ । अध्यक्ष डा. सीके राउतले आफूहरूले ६ महिनामा गरेको कार्यसम्पादन ७ दिनभित्र सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
पार्टीबाट स्थानिय तहमा जितेका जनप्रतिनिधीहरुलाई उनले पत्र नै काटेर सो निर्देशन दिएका हुन । उनले पार्टीको अवधारण कति लागू भए ? जनसरोकारका विषयहरूलाई कति सम्बोधन भए ? भन्ने विषय खुलाउन आग्रह गरेका छन् ।

जनमत पार्टीको विधान र मुख्य एजेन्डामै काम गर्न नसक्ने र जनतालाई निराश गर्ने जनप्रतिनिधीहरुलाई पदबाट र्फिता बलाउने किशिमको ‘राइट टू रिजेक्ट’ र ‘राईट टू रिकल’ को प्रावधान नै छ ।