एसपी रिपोर्टर
जनकपुरधाम, पुष १७ : अंग्रेजी नयाँ वर्षको पहिलो दिन आइतवार जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको अत्याधिक भिडभाड लागेको छ । नयाँ वर्ष २०२३ को पहिलो दिन आइतवार जनकपुरधामको श्री जानकी मन्दिर, श्री राम र श्री राजदेवी मन्दिर र बाबा भुतथान मन्दिर (स्वर्गद्वारी) सहितका धार्मिक स्थलहरुमा भक्तजनको अत्याधिक भिडभाड देखिएको छ ।
नयाँ वर्षको पहिलो दिन पुजापाठ र दर्शन गर्न तथा घुम्नका लागि आन्तिर तथा बाह्रय पर्यटकहरुको घुुइचो लाग्ने गर्दछ । जानकी मन्दिरमा विहानै देखि दर्शनार्थीहरुको अत्याधिक भिडभाड देखिएको छ । मन्दिरमा प्रसाद चढाउने भक्तजनको पनि दिनभर घुइचो तथा भिड लागेको छ भने जानकी मन्दिर परिषरमै रहेको म्युजिय हेर्न समेत दर्शनालुहरुको लामो लाइन लागेको देखिएको छ ।
नयाँ वर्षको पहिलो दिन आईतवार पर्न गएकाले पनि यस दिन साकाहारी बस्नेहरुको संख्या अत्याधिक हुने गरेकाले समेत मन्दिरमा पुजापाठ गर्नेहरुको भिडभाड विशेष देखिएको छ । मित्रराष्ट्र भारतको विहार, उत्तरप्रदेश सहितका विभिन्न प्रान्तको पर्यटकहरुको गनतब्य जनकपुरधाम देखिएको छ । जनकपुरधामका होटल व्यवसायीहरुको अनुसार शनिवार राती जनकपुरधामको कुनै पनि होटल खाली थिएन भने भारतिय पर्यटकहरु राती १ र २ बजे सम्म पनि कोठा खोज्दै आएका थिए ।
आइतवार जनकपुरधाम बजारमा भारतिय नम्वर प्लेटका गाडीहरुको जताततै चहलपहल देखिएको छ । आइतवार शनिवार र आइतवार गरि जनकपुरधामको होटल व्यवसाय, फलफुल र फुलमाला, प्रसाद तथा कपडाको राम्रो व्यापार भएकोमा व्यापारीहरु खुसी व्यक्त गरेका छन् ।