एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : डा. सिके राउत नेतृत्वको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादव चयन भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरिएको डा. सिके राउतको सचिवालयले जनाएको छ ।
जनमतले दलको नेता चयनको जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको थियो । यादव डा. राउतकै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन । उनले माओवादीका नेता तथा पुर्व संघिय मन्त्री उमेश यादवलाई पराजित गरेका हुन ।
सचिवालयका अनुसार दलको सचेतकमा चन्दनकुमार सिंह (महोत्तरी), सचिवमा शम्भु साह (सप्तरी) र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी (सिरहा) चयन भएकी छन् । जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र ७ जना समानुपातिक गरी १३ जना सांसद छन् ।