एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशको संसदिय दलको नेता छान्न तिन सदस्सीय निर्वाचन समिति गठन गरेको छ । जनकपुरधाममा विहिवार पार्टी अध्यक्ष उपेन्द्र यादव सहितको विशेष उपस्थितीमा पार्टीबाट नव निर्वाचित सांसदहरु सहितको बैठकमा नवनिर्वाचित सांसदहरुलाई सम्मान गर्नुका साथै निर्वाचनको समिक्षा, चुनाव कसरी जितियो र जित्न के के समस्या भोग्नु परयो सहितको विषयमा छलफल भएको छ ।
साथै बैठकबाट संसदिय दलको नेता तय गर्न तिन सदस्सीय निर्वाचन समिति समेत गठन गरिएको प्रदेश सांसद राम अशिष यादवले बताए । गठन गरिएको समितिमा संयोजक जनकपुरधामका पुर्व मेयर नेता लालकिशोर साह, सदस्य प्रदेशका मुख्य सचिव दिनेश कुमार यादव र नेता रविन्द्र गिरी रहेको जसपाले जनाएको छ । शुक्रवार सांसदहरुको सपथ ग्रहण लगतै समितिले निर्वाचनको कार्यतालिका बनाएर संसदिय दल चयन गर्न लाग्ने कार्यादेश तोकिएको छ ।
सम्भवत पुष २१ गते संसदिय दलको नेताका लागि निर्वाचन हुने जस्मा वर्तमान दलका नेता तथा मुख्यमन्त्री लालबाबु राउत, उपनेता रामअशिष यादव र निवर्तमान सभामुख सरोज कुमार यादव गरि तिन जना संसदिय दलको नेताका आकांक्षी रहेका छन् ।