एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रदेश प्रमुखको कार्यालयमा ज्येष्ठ सदस्य न्यौपानेले सपथ लिनुभएको छ ।
उहाँले नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नुहुने छ । मधेश प्रदेशसभा १०७ सदस्यीय छ । अब शुक्रबार प्रदेशसभामा हुने समारोहमा सभामुखको हैसियतमा न्यौपानेले अन्य १०६ सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुहुनेछ । न्यौपाने नेकपा एकीकृत समाजवादीबाट सप्तरीको ४ (क) बाट निर्वाचिन हुनुभएको हो ।
प्रदेशसभाले नयाँ सभामुख चयन नगरेसम्म न्यौपानेले सभाको अध्यक्षता गर्नुहुनेछ । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, निर्वमान सभामुख सरोजकुमार यादव, उद्योग, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्र साहलगायत सहभागी भएका थिए । शुक्रवार वाँकी १ सय ६ सांसदलाई जयेष्ठ सदस्य न्यौपानेले सपथ ग्रहण गराउने छ भने सोमवार दिनको १ बजे प्रदेशसभाको पहिलो बैठक बस्ने छ ।