एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : मधेश प्रदेशको कांग्रेस संसदिय दलको नेतामा कृष्ण यादव निर्वाचित भएका छन् । उनी कांग्रेस मधेश प्रदेशका सभापती पनि हुन । प्रदेशको पार्टी सभापतिमा पराजित गरेका विमलेन्द्र निधी निकट निवर्तमान संसदिय दलका नेता रामसरोज यादवलाई संसदिय दलमा पनि पराजित गर्दै कृष्ण संसदिय दलको नेतामा विजयी भएको छ ।
कुल मत २२ मध्ये कृष्णले १८ मत पाएका छन भने रामले मात्र ४ मत पाएका छन । पराजित भएका राम निवर्तमान मधेश प्रदेशको भौतीक पुर्वाधार विकास मन्त्री समेत हुन । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा सावा ३ बजे देखि ४ बजे सम्म सबै मत खसेपछि केहि मिनेटमै परिणाम घोषणा गरेका थिए ।
विजयी भएका दलका नेता यादवले यो हार जित भन्दा पनि औपचारिकता रहेकाले विपक्षमा मतदान गर्ने चारजना सहित सम्पुर्ण पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढने बताएका छन् । विजयी यादवलाई पार्टीको नेता कार्यक्रताहरुले बधाई ज्ञापन गरेका छन् । मधेश प्रदेशसभामा कँंग्रेसको कुल २२ सांसदहरु छन् ।