एसपी रिपोर्ट
जनकपुरधाम, पुस १४ : नेपाली कांग्रेस मधेश प्रदेशको संसदिय दलको नेता चयनका लागि निर्वाचन हुने भएका छ । कांग्रेसको संसदिय दलको नेता चयनमा सहमती हुन नसकेपछि निर्वाचन हुने भएको हो । नेपाली कांग्रेस मधेश प्रदेशको संसदिय दलको नेता चयनका लागि आज मतदान हुनेछ ।
आज दिउँसो ३ बजेदेखी ४ बजेसम्म मतदान हुने जनाइएको छ । नेपाली कांग्रेस संसदिय दलको नेताकालागि यस अघि ५ जना अकांक्षी देखिए पनि २ जनाको मात्रै उम्मेदवारी पर्ने सम्भावना रहेको छ ।
नेपाली कांग्रेस संसदिय दलको नेताकालागि नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादव र मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दर्ता गराउने कांग्रेसका एक नेताले जानकारी दिए । नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवले उम्मेदवारी दर्ता समेत गराइ सकेका छन ।