एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : जनकपुरधाममा मगही भाषा संस्कृति र्याली निकालिएको छ । मगही भाषा तथा पहिरनको संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्ने उद्देश्यले पिछडा वर्ग ओबीसी महासंघको नेतृत्वमा बुधबार र्याली निकालिएको हो ।
र्यालीमा सहभागीहरूले धोती, कुर्ता, गमछा, पगडी लगाएर प्रदर्शन गरेका थिए । उनीहरूले मगही भाषा, पहिरन, पहिचान र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । उनीहरूले आधुनिकतासँगै पुर्खाको पहिचान हराउन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले मगही भाषालाई मधेश प्रदेशको कामकाजको भाषा बनाउन पनि माग गरेका छन् । उनीहरूले नेपालमा बोलिने सबै भाषाको सम्बद्र्धन हुनुपर्ने पनि बताएका छन् । अभियानीहरूले हरेक नागरिकले भाषिक स्वतन्त्रता पाउनुपर्नेसमेत धारणा राखेका छन् । भाषिक अतिक्रमण कसैले गर्न नहुने पनि उनीहरूको भनाइ छ ।
जनक चौकबाट निस्किएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । त्यसक्रममा अभियानीहरूले मगही भाषाको संरक्षण तथा सम्बद्र्धन हुनेपर्नेसहित विविध माग राखी मुख्यमन्त्री कार्यालय, उपमहानगरपालिकासहित स्थानमा ज्ञापनपत्र पनि बुझाएका थिए । कार्यक्रममा मगही फाउन्डेशनका वरिष्ठ उपाध्यक्ष भुवनेश्वर महतो, अभियानी मनाइ महतो सहितको उपस्थिती थियो ।