एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : देशको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन् । उनी देशको ४४ औं र व्यक्तिगत तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । भोली प्रधानमन्त्री प्रचण्ड सहित केहि उपप्रधान र मन्त्रीहरुको समेत सपथ हुने बताईएको छ ।
सात दल र तिन स्वतन्त्र गरि कुल १ सय ६९ सांसदहरु सहित प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन् । देशको दोस्रो दल नेकपा एमालेको समर्थनमा प्रचण्ड रास्वपा, राप्रपा, जनमत, जसपा र नागरिक उन्मुक्ती पार्टी गरि सात दलको साथमा प्रधानमन्त्रीमा दावी पेश गरेका हुन ।
साथै प्रचण्डलाई स्वतन्त्र जितेका पुर्व कांग्रेसी अमरेश सिंहका साथै प्रभु साह र किरण साहको समेत सर्मथन रहेको बताइएको छ । सात दलको कुल १ सय ६६ र तिन स्वतन्त्र गरि कुल १ सय ६९ सांसदको समर्थन आफुलाई रहेको दावी सहित प्रचण्डले प्रधानमन्त्रीमा राष्ट्रपति समक्ष प्रस्ताव पेश गरेका हुन ।