एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरिएको छ । सो का लागि विहिवार पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा बसेको कार्यसम्पादन समितिको बैठक तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।
संसदीय दल निर्वाचन समितिको संयोजकमा मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार यादव रहेका छन भने सदस्यहरुमा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सह–महामन्त्री विन्दुकुमारी यादव रहको पार्टी कार्यालयका मुख्य सचिव सन्तु प्रसाद यादवले जनाएका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेश पार्टीको विधान नियमामवली र प्रदेश संसदीय दलको विधानको धारा ५ को उपधारा ३ अनुसार निर्वाचन गर्न लागेको हो । चुनावको मिति भने तोक्न बाँकी रहको छ । त्यसैगरि कांग्रेसले मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आवश्यक वार्ता, संवाद र परामर्श गर्ने जिम्मेवारी प्रदेश सभापति कृष्णप्रसाद यादवलाई दिएको छ ।