एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २३ : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहको गाडी सिंहदरबारबाटै गायव गरिएको छ । परिषदका अध्यक्ष चढने बा. २ झ ३०५३ नम्वरको ईसुजु डब्बल केविन गाडी संस्कृती, पर्यटन तथा नागरिक उडयन मन्त्रालयबाट गायव भएको छ ।
वृहतरका अध्यक्ष साहले आफुले पार्किङ्ग गरेको गाडी लिएर पुर्व अध्यक्ष सालीग्राम सिंह फरार भएको बताएका छन् । सिंहले गाडी आफै चलाएर दिउँसो १ बजेर ३५ मिनेटमा फरार भएको छ । सवारी चालक धनिराम मण्डल प्रहरीको नियन्त्रणमा छन् । मण्डलले पुर्व अध्यक्ष सिंह जबरजस्ती गाडीको साँचो खोसेर भागेको बताइरहेका छन् ।
गाडी लिएर फरार सिंह विरुद्व उजुरी परेको छ भने प्रहरीले उनको खोजविन गरिरहेको अध्यक्ष साहले बताए । सिसिटिभी फुटेज हेर्दा गाडी चालक मण्डलको समेत मिलिभगत रहेको र उनले सहमतीमै साँचो सिंहलाई दिएको देखिन्छ, साहले भने ।
सिंह गाडी लिएर सिंहदरबारबाट फरार भइसकेपछि मात्र चालक मण्डलले जानकारी गराएकाले समेत प्रहरी नायव उपरिक्षक कमान्डको टोलीले चालक मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र गाडीको खोजी भइरहेको बताइएको छ ।