एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : असहाय संरक्षण मञ्च जनकपुरधाममा असहायहरुलाई सहयोग गर्ने संस्था हो । विभिन्न समस्या र पिडामा रहेको व्यक्तिलाई गाँस, वास र कपासको समेत जोहो गरेर समाजसेवामा रहेको मञ्च अर्को उदाहरनीय काम गरेको छ । लकडाउनका बिच परिवारमा एक सदस्यको निधन भएपछि पिडामा रहेको गरिव परिवारलाई मञ्चले दाहसंस्कार, किरियाकर्मको सवै खर्चको जोहो गरिदिने भएको छ भने सो परिवारको अभिभावक एकजनालाई कुनै व्यवसायको लागि पनि पहल गर्ने मञ्चका अध्यक्ष बैद्यनाथ साहले बताएका छन् ।

जिल्ला महोत्तरीको आवर गाउँ बस्ने शत्रुधन यादवको सोमवार निधन भएपछि अति नै गरिव सो पिडित परिवारमा दाह संस्कारको खर्च समेत अभाव देखेपछि मञ्चले सहयोग गरेको छ । दिवंगत यादवको असहाय मञ्चको पहलमा जनकपुरधाम स्थित स्वर्गद्वारीमा सोमवारनै दाहसंस्कार गरिएको छ । दाह संस्कार पश्चात मृत्तक शत्रुधन यादवको परिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री समेत सहयोग गरिएको छ । मञ्चका अध्यक्ष साहले मृत्तक शत्रुधन यादवको घरमै पुगेर आज उनकी श्रीमती रेखा देवी यादवलाई राहत स्वरुप खाद्यन्न सामग्री सहयोग गरेको हो ।

मृत्तकको किरियाकर्म खर्चमा लाग्ने सम्पुर्ण खर्च असहाय मञ्चले उपलब्ध गराउने समेत अध्यक्ष साहले जनाएको छ । तत्काल राहत स्वरुप पिडित परिवारलाई एक बोरा चामल, दाल ५ केजी, आलु १० के.जी, प्याज ५ केजी, नुन, तेल लगायतका खाद्यन्न सामग्री प्रदान गरिएको छ । मृत्तक परिवारलाई मञ्चका सहयोगीहरु शम्भु साह, पबन सिंघानिया, गौरी शंकर सुन चांदी पसल लगायतले सहयोगगर्ने मञ्चका अध्यक्ष साहले बताएका छन् । मृत्तक यादव मजदुरी गरेर गुजारा गर्ने गरेका थिए । जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ४ स्थित सरस्वती टोलमा बस्दै आएको मृतक यादवको परिवार समस्यामा परेको छ । अति विपन्न, गरिव, दलित परिवारहरुलाई राहत स्वरुप मञ्च अहिले दैनिक रुपमा सहयोग गर्दै आइरहेको छ ।