एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १९ : जनकपुरधामका उद्योगी व्यवसायीहरु विभिन्न सात सुत्रिया मांग राख्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहलाई ज्ञापन पत्र बुझाएको छ । जनकपुरधाम उपमहानगरपालिकाको प्रशासनिक कार्यक्षेत्र समेतमा पर्ने गरी व्यापार, व्यवसाय र उद्योग स्थापना गरी कारोवार गर्ने व्यवसायीहरु नेपाली नागरिक रहेको ध्यानाकर्षण गराउदै एक सचेत स्थानिय बासी भएको नाताले स्थानिय सरकारको प्रत्येक गतिविधिको सम्बन्धमा सकारात्मक टिप्पणी र खवरदारी गर्ने आफुहरुको नैतिक कर्तव्य रहेको व्यवसायीहरुको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाल संघिय शासन व्यवस्थामा प्रवेश गरेपछि गठन भएको जनकपुरधाम उपमहानगरपालिकाको स्थानिय सरकारको दोश्रो कार्यकालमा विभिन्न सरोकारका विषय प्राथमिकतामा राखी आफनो कार्यकाल संचालन गर्न हुन ध्यानाकर्षण सहित यो ज्ञापन पत्र प्रस्तुत गर्दछौं भनिएको पत्रमा नेपाल सरकारले कृषि क्षेत्र र गैर कृषि क्षेत्र तोकी नक्साड्ढन गर्ने भनेको लामो समय वित्दा पनि सो वमोजिम नक्साड्ढन नगरिएको कारण जग्गाको कित्ताकाट रोकिएकोबाट हाम्रो उद्योग व्यापार व्यवसाय नराम्रो संग प्रभावित भएकोले अविलम्व नक्साड्ढन गरी पठाउने व्यवस्था गर्न मांग गरिएको छ ।
साथै जनकपुरधामको नगर क्षेत्रमा कृषि बजारको अभाव रहेकोले ऐकिकृत कृषि बजार स्थापना, जनकपुरधाम उपमहानगरपालिकाको राजश्वमा वृद्धि गर्ने,रोजगारिका अवसर सृजना गर्ने र उद्योगी मैत्री वातावरण निर्माण गर्ने आफनै औधोगिक क्षेत्र स्थापना सहित सात सुत्रिय मांग गरिएको छ ।
ज्ञापन पत्र बुझदै जनकपुरधामका प्रमुख साहले आफुहरुको विभिन्न कामका प्रक्रियाहरु पाइपलाइनमा रहेको बताउदै अव छिट्टै वडा र नगर स्तरीय भेला गरि कृषि र गैर कृषि क्षेत्रहरु छुटयाएर योजनाहरु बनाइने बताए । चुनावका कारण कामहरु केहि स्थिल बनेको स्वीकार गर्दै उपमहानगर प्रमुख साहले एकिकृत कृषि बजारको व्यवस्थीकरणका लागि आफुहरु लागि परेको बताए ।