एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ : देश र मधेशको ध्यान अलिहे धनुषा निर्वाचन क्षेत्र नं. ४ तर्फ छ । यस क्षेत्रमा काँटेको टक्कर भइरहेको छ । क्षेत्रको जनकपुरधाम क्षेत्रबाट सुरु भएको मतगणना बटेश्वर गाँउपालिका सम्म पुग्दा को जित्ने भन्ने ग्यारेन्टी कसैले गर्न सकेको छैन । सुरुवाती अग्रता बनाएको एमाले लक्ष्मिीनियाँ गाँउपालिकामा गएर पछाडि पडे र कांग्रेस अगाडि बढेपछि प्रतिस्पर्धा रोचक बन्यो ।
सपहीमा सुर्यले सम्मानजनक मत ल्याएपछि कांग्रेसलाई तरंगित बनायो । एक भिडियोमा कांग्रेस उम्मेदवार महेन्द्र यादवले आफनै पार्टीका नेता तथा पुर्व राष्ट्रपती तथा उनको छोराको नाम लिएर ताथानाम बोलिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल छ । क्षीरेश्वरनाथ हुदै बटेश्वर गाँउपालिको वडा नं. ३ सम्म मतगणना हुँदा सम्म कांग्रेस ७ सय ३३ मतले अगाडि छ ।
जवकि क्षिरेश्वरनाथ नपा सम्म काँग्रेस करिव दुई हजारले अगाडि थियो । एमालेले मतान्तर घटाई रहँदा प्रतिस्पर्धा अव मधेशका साथै देशकै नजरमा पुगेको छ । हाल सम्म मधेशको ३२ मध्ये ८ सिट जितेर एमाले प्रथम भइसकेको छ भने हालसम्म ७ सिट जितेको कांग्रेस कम्तिमा यो सिट जितेर एमालेसंग बराबर हुने भएकाले समेत यो क्षेत्र सबैको नजरमा परेको छ अव । एमाले थप एक सिट जितेर ९ सिट सहित मधेशको पहिलो पार्टी हुने दावी गरिरहेको छ ।
अव २३ हजार मत अझै गन्न वाँकी छ । बटेश्वर गाँउपालिकाको वाँकी वडाका साथै मिथिला नगरपालिकाको मतगणना वाँकी रहेको छ । २०७४ सालको निर्वाचनमा एमालेको जितको बटेश्वर र मिथिलाले अहम भुमिका खेलेकाले एमाले आशावादी छ भने कांग्रेस सो पालिकाहरुमा आफुले सम्मानजनक मत पाएकाले एमालेले मतान्तर घटाउन नसक्ने दावी गरिरहेको छ ।