एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १० : लोसपा जनकपुरधामका नगर कमिटि अध्यक्ष मनोज चौधरीले पार्टीको पदबाट राजिनामा दिएका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधीसभा र प्रदेशसभा सदस्यमा लोसपा पराजित भएपछि उनले क्षमा याचना सहित पार्टीको पदबाट राजिनामा दिएका हुन ।
पार्टीबाट जनकपुरधाम उपमहानगरको मेयर पदमा समेत चुनाव लडेका चौधरी प्रेस विज्ञप्ती निकाल्दै क्षमा याचना सहित पदबाट राजिनामा दिएको स्पष्ट पारेका छन् । स्थानिय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित दुईवटा बाहेक सबै वडामा समेत हारेको लोसपा प्रतिनिधी र प्रदेशसभामा पनि क्षेत्रमा हार ब्योहरेको छ ।
यसअघिको २०७४ सालको स्थानिय देखि आम निर्वाचनमा लोसपाले अधिकांश वडा देखि जनकपुरधामको प्रमुख, उपप्रमुख हुदै प्रदेश र संघिय सांसद सबै सिट जितेको थियो ।