FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेकपा तो एक वाहाना है मधेशीयोंको साइजमे लाना नै, समाजवादी र राजपालाई साइजमा ल्याएर देश र मधेश ब्यालेन्स गर्ने निती

दुई मधेशी दल फोडन सके प्रदेश २ अर्थात मधेश नियन्त्रणमा आउने सोँच

नेकपा तो एक वाहाना है मधेशीयोंको साइजमे लाना नै, समाजवादी र राजपालाई साइजमा ल्याएर देश र मधेश ब्यालेन्स गर्ने निती

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ :
निरन्तर २८ औं दिनको लकडाउन चलिरहँदा जनता र खास गरि मजदुरहरु पिडाले छटपटाइ रहदा प्रधानमन्त्री केपि शर्मा ओलीको एकल प्रयासमा एकाएक राजनीतिक दल फोडन सजिलो हुने आशयको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेपालमा नयाँ राजनितिक तरंग छाएको छ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले तुरन्त अध्यादेश जारी गरेपछि नेकपा भित्रै पार्टी फुटने भय पनि छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड बिच केहि दिन एता विवाद रहेको देखाउदै नेकपा फुटने हल्लाका साथ अध्यादेशलाई जोडिएपनि मधेशवादी दलमा खतरा रहेको विश्लेषण मधेशका जानकारहरुको छ ।

सत्ताधारी दलदेखि विपक्षी दलसम्मले अध्यादेशको औचित्य नरहेको भन्दै आपत्ति जनाइरहेको अवस्था छ । नेकपाका कतिपय नेताले नेकपा फुटने कुनै सम्भावना नरहेको बताइरहेको छ । त्यसो भे प्रधानमन्त्री ओलीले किन ल्याए अध्यादेश ? विभिन्न जानकार र स्रोतहरुको आधारमा अध्यादेश ल्याउनुका कारणहरु यसरी केलाउन सकिन्छ ।

;

१. नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई धम्क्याउन अध्यादेश ल्याएको कतिपयको बुझाइ छ ।
२. केतिपयको भने मधेस केन्द्रित दललाई विभाजन गरी सत्तामा ल्याएर दुई तिहाइ कायमै राख्ने ओलीको रणनीतिका रुपमा अध्यादेश आएको तर्क छ ।
३. ओलीले अब राष्ट्रिय जनता पार्टी (राजपा) लाई विभाजन गर्न थप आश्वासन ल्याउने सोही दलका केही नेताको आंकलन छ । त्यस्तै अर्का थरी नेता यतिबेला संघीय समाजवादीलाई पनि फुटाउन सजिलो रहेको बताउँछन् । पुसमा संघीय समाजादीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई सरकारमा ल्याउने कसरत गरेका थिए ।
४. ओली राजपालाई सरकारमा ल्याएर दुई तिहाइ कायमै राख्न चाहन्थे । सोही बमोजिम उनले राजपा नेताहरुसँग प्रस्ताव गरे प्रदेश २ को सरकारबाट समाजवादीलाई हटाउन सघाउनुपर्यो र प्रदेशमा नेकपालाई सत्ता साझेदार बनाउनुपर्यो भनेर प्रस्ताव गरे । त्यसबापत संघीय सरकारमा दुईवटा मन्त्रालय दिने आश्वासन ओलीको थियो । साथै टीकापुर काण्डमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई जेलबाट छुटाएर सीधै मन्त्री बनाउने प्रस्ताव ओलीले राजपा नेताहरुसँग गरेका थिए ।
५. प्रधानमन्त्री ओली र राजपाबीच भएको छलफलमा सहभागी एक नेताले भने, ‘ओलीले रेशमलाई मन्त्री बनाएर थारु क्लस्टरलाई आफूतिर तान्न खोजेका थिए । रेशमलाई नेकपामै आउन र थारुको नेता बन्न जेलमै प्रस्ताव गएको रहेछ । साथै ओलीले राजपालाई उपसभामुख लिन पनि प्रस्ताव गरेकै हुन् । तर, राजपा आन्तरिक कलहमै अल्झियो र राजपा–नेकपा गठबन्धन राष्ट्रियसभाको निर्वाचनपछि सेलायो । ओलीको उद्देश्य राजपालाई फुटाएर भए पनि एक पक्षलाई सरकारमा सहभागी गराउनु रहेको बुझाइ केही नेताको छ । सोही उद्देश्य पूरा गर्न अध्यादेश जारी गरिएको हुन सक्छ । अध्यादेशमा पार्टी केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था छ ।

यस कारण सजिलो छ राजपा फुटाउन
राजपालाई केन्द्रीय समितिमा ४० प्रतिशत र्पुयाएर विभाजन गर्न सजिलो छ । राजपाभित्र ६ वटै दल छन् । ती दलमा बराबर केन्द्रीय सदस्य छन् । राजपामा यतिबेला करिब ९ सय केन्द्रीय सदस्य छन् । त्यसैले पनि अनेक आश्वासन दिएर पार्टी विभाजन गर्न सजिलो हुने एक नेता बताउँछन् । अध्यक्ष मण्डलका दुई जना सदस्य राजकिशोर यादव र अनिल झा सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् । अध्यक्ष मण्डलका एक सदस्यका अनुसार बैठकमा यादव र झाले सरकारमा सहभागिताको विषय जोडतोडसाथ उठाउने गरेका छन् ।

समाजवादी पनि टारगेटमा
समाजवादी भित्र मधेसी–पहाडी विवाद कायमै छ । पार्टी पदाधिकारी र केन्द्रीय कार्यसमितिमा गैरमधेसीको बहुमत रहेकोमा एउटा पक्ष असन्तुष्ट छ । मधेसभित्र पनि रेणु यादव समूहलाई उपेन्द्र यादव समूहले बाइपास गर्दै आएको छ । नेतृ यादवलाई प्रदेश दुईको अध्यक्षमा हराउन उपेन्द्र यादव स्वयं लागेको समाजवादीका नेताहरु बताउँछन् । त्यस्तै रेणु निकट सांसद प्रदीप यादव उपेन्द्रको कारबाहीमा परिसकेका छन् । सरकारमा रहेका बेला पनि उपेन्द्र यादवले आफ्नै पार्टीका सांसदहरुको कुरा नसुनेको र केही ‘दलाल’ हरुको घेराबन्दीमा परेको भन्दै सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

यसैगरी पार्टीका सांसद एवं पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियारलाई सांसदबाट निलम्बित गर्दा सहयोग नगरेको भन्दै केही सांसद उपेन्द्र यादवसँग रुष्ट छन् । समाजवादीका एक सांसदका अनुसार उपेन्द्र यादवले इस्तियाक राईले सम्हालेको सहरी विकासमन्त्री मन्त्रालयमा पनि हस्तक्षेप गरेर काम गर्न असहज बनाएका थिए । त्यसैले राई पनि यादवसँग सन्तुष्ट छैनन् । पछिल्लो समयमा अध्यक्ष यादवले नेता राजेन्द्र श्रेष्ठ र रामसहाय यादवलाई मात्रै निकट राखेर अरुलाई बाइपास गरेको समाजवादीका सांसदहरुको आरोप छ । यिनै विवादले गर्दा समाजवादी संसदीय दलमा उपेन्द्र यादव अल्पमतमा छन् । समाजवादीका केही सांसदहरुले नै दल विभाजन गर्ने प्रावधान खुकुलो पार्न प्रधानमन्त्री ओलीलाई पटक–पटक आग्रह गर्दै आएको केही सांसदको भनाइ छ ।

समाजवादीमा विभाजन ल्याउन पाए प्रदेश २ मा पनि नेकपाको सरकार बनाउन सहज हुने सत्तारूढ दलको बुझाइ छ । प्रदेश २ को संसदीय दलमा अध्यक्ष यादवसँग असन्तुष्ट समूहको बहुमत छ । केन्द्रमा विभाजनसँगै प्रदेश सांसद पनि विभाजित हुने सम्भावना बलियो हुन्छ । त्यसको फाइदा लिने दाउमा नेकपाका केही नेता सक्रिय रहेको समाजवादीकै नेता बताउँछन् । समाजवादी पार्टी केन्द्रीय समितिबाट नभई संसदीय दलबाट विभाजित हुने बढी सम्भावना रहेको नेताहरुले बताउँदै आएका छन् ।

पत्रकार विपि साहले नेपाल समयमा लेखेको लेखको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

14 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

20 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
सुनसरीको स्वस्तिक रोलिङ मिल्सलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड
आर्थिक

सुनसरीको स्वस्तिक रोलिङ मिल्सलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy