एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १० : धनुषा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्यमा उपविजेता लोसपाका नेता अनिल कुमार झाले आफु यो क्षेत्र छोडेर कतै नजाने बताउदै क्षेत्रवासीको सेवामा अगाडि बढिरहने बताएका छन् ।
एसपी खवरसंगको कुराकानीमा झाले आफु टुरिस्ट नभएर जानकी जीको सन्तती रहेको बताउदै पाएको मतको सम्मान गर्दै धनुषा ३ मै राजनितिक रुपमा समेत सक्रिय रहने बताए ।
उनले फेसबुकमा पनि लेखेका छन, ‘पुण्यभूमि जनकपुर धाममें हम टुरिष्ट नहि छी जानकीजीक संतति छी । टुरिष्ट ओ भेल जे कोनो क्षेत्र में आयल, घूमल आ घुरि क’ चलि गेल । संततिके ओहि पूण्यस्थलि के माटि पानि के प्रति श्रद्धा रहैछै । टुरिष्ट मस्ती करैय, संतति माय आ माटि के सेवा करैय। ई दुनु में मौलिक भिन्नता छै। संतति में सेवा भाव रहैछै । हम अपने सभक सानिध्य में सेवार्थ उपस्थित रहब।’
उनले आफनो बारेमा रहेको अगन्तुक (टुरिष्ट)को भ्रम सबैलाई हटाउन आग्रह समेत गरेका छन् । नेकपा एमालेकी जुली कुमारी महतोसंग पराजित भएका उनले २३ हजार ६८६ मत पाएका छन भने निर्वाचित महतोले ३३ हजार ३८८ मत पाएकी छिन् ।
तत्कालिन नेपाल सदभावना पार्टीका अध्यक्ष उनी मधेश केन्द्रित छ दल मिलेर राजपा बन्दा राजपाको अध्यक्ष मण्डका सदस्य भएर शिर्षतहमा राजनिति गर्दै आएका छन् । पटक पटक मन्त्री समेत बनेको उनी २०७४ सालको निर्वाचनमा रौतहट एकबाट निर्वाचित भएका थिए । यसपालि सो क्षेत्रबाट नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल समेत विजयी भएका छन् ।