एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ८ : धनुषा क्षेत्र नं. २ को(ख) मा जनता समाजवादी पार्टीका रामअशिष यादव दोस्रो पटक निर्वाचित भएका छन् । उनी नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष पनि हुन ।
मधेस प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन् । जनकपुरधामको एतिहाँसिक गंगासागरको सफाई र महागंगा आरतीको अगुवाई गरेका यादवको जनकपुरधाममा पनि राम्रो छवि छ ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५६६ मत ल्याए । यस्तै, नेकपा एमालेका संजीव कुमार सुरजले ९ हजार २०४ मत ल्याएर तेस्रो भएका छन् । झा क्षेत्रमा एमालेलाई मजबुत बनाउन अहम भुमिका खेलेका थिए ।