एसपी रिपोर्टर
चितवन, मसिंर ८ : नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार लामिछानेले ५९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् ।
लामिछानेका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १४ हजार ६४९ मत आएको छ । लामिछानेले निकटतम् प्रतिस्पर्धी श्रेष्ठलाई ४४ हजार १ सय ७० मतले पराजित गरेका छन् ।