एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ३० : धनुषा १ मा प्रतिनिधीसभा तर्फ मुख्य दुई दल एमाले र कांग्रेसको उम्मेदवार नै छैन । एमालेले मधेशमा आफनो विरोध गर्दै आएको पार्टी जसपा नेपालका उम्मेदवार दिपक कार्कीलाई मत दिनुपर्ने बाध्यता छ भने कांग्रेसले सो क्षेत्रमा आफना मुख्य प्रतिस्पर्धी माओवादीलाई मतदान गर्नुपर्ने बाध्यता छ ।
दुवै पार्टीका नेता र सक्रिय कार्यक्रताहरु उम्मेदवारहरुको पछिपछि कुदिरहेको भएपनि कांग्रेस र एमालेका आफनो रोजिरोटीसंग मतलव राख्ने मतदाताहरु भने नेताहरुको करनीलाई मन पराएका छैनन् । गत स्थानिय तहकै निर्वाचनमा माओवादी संग हार बेहोरेका कांग्रेसका नेताहरु माओवादी उम्मेदवारसंग हास्दै घुमिरहँदा समान्य मतदाता भने त्यसलाई नौटंकी भन्ने गरेको यर्थात छ ।
नेपाली कांग्रेसका त्यस नगरपालिकाका प्रभावशाली नेता शहिद दिप नारायण साहका भाई सन्तोष साहले पार्टी र कांग्रेसीजनको लागि अपराधी रहेकाहरुको पछि लाग्नु अनुचित भएको बताउछन् । म अहिले जनमत पार्टीमा खुलेर छु उनले भने, ‘तर कांग्रेसी साथी र अग्रजहरुको हालत देखेर दु:ख लाग्छ ।’ मेरो दाईको हत्या माओवादीले अनाहकमा बिना कारण गरयो, मलाई मात्र होइन सबै कांग्रेसीलाई पिडा भएको थियो तर आज खोई त शहिद र पिडा ? सत्ता र पैसाको लोभमा बिर्सेको ? उनको प्रश्न छ ।’
शहिद परिवार र आफै पनि कांग्रेसको जेनुन कार्यक्रता भएपनि मलाई टिकट दिएन तर भर्खर आएको जनमत पार्टीले मलाई सम्मान गरयो, वडा अध्यक्षमा लडे मेरो हार जित आफनो ठाँउमा छ तर मेयरमा जो संग मात्र १ सय ३६ मतले हारे उसैसंग अहिले हाँस्दै हिन्ने कांग्रेसका नेताहरु माथी जनताले अव कसरी बिश्वास गर्छ ?’ उनको प्रश्न छ । उनले यो पिडा आफनो मात्र नभई सबै कांग्रेसीको रहेको बताउछन् । नेताहरुले गठबन्धन गरेर फयाकेको थुक चाटन भन्ने ? उनले थप प्रश्न गरे ।
मधेश आन्दोलनमा दिपक कार्कीको के योगदान छ ? प्रश्न गर्दै उनले जसपाले उम्मेदवार बनाउनुको कारण खोजिरहेका छन् । उनि भन्छन, ‘कांग्रेसलाई हराउन २०७४ सालमा पार्टी छोडेर चुनावकै लागि जसपामा आएका कार्कीलाई भोट दिन्छु भन्नु कांग्रेस र एमालेको नियत जनताले बुझदैनन ?’ उनले भने मेरो पुरा परिवार नै कांग्रेसी हो, हामी गौरवान्वित भएर विद्वानको पार्टी जनमतमा मत खसाल्ने हो ।’ ईमान्दार र निष्पक्ष विकल्प हुँदा हुदै अनैतिक र सिद्वान्तहिन मत किन खसाल्ने ? उनको अर्को प्रश्न छ ।