एसपी रिपोर्टर
जनकपुरधाम, कातिक १७ : धनुषा २ मा पनि रोचक प्रतिस्पर्धाको माहोल छ । एकातर्फ तिन पुर्वमन्त्रीहरु उम्मेदवार छन भने अर्का तर्फ गंगाराम यादव जसपाका उम्मेदवार छन् । कांग्रेसका उम्मेदवार रामकृष्ण यादव, एमालेका उम्मेदवार उमाशंकर अरगरिया र नेकपा एसका उम्मेदवार रामचन्द्र झा तिनैजना पुर्व सांसद र मन्त्री पनि हुन भने गंगाराम उच्च राजनितिक ओहदामा पुग्न नसकेका समाजसेवी हुन ।
घरदैलोको क्रममा रहेका गंगाराम गाँउ टोलमा पुग्ने वितिकै उनलाई जनताले घेर्ने गरेका छन् । विभिन्न समाजसेवाका काम गर्दै चर्चामा रहेका गंगारामलाई मध्यरातमा पनि जनताले छाडने गरेको छैन । तस्वीर र दृश्यमा उनलाई मध्यरातमा पनि जनताहरुले घेरेर उनको कुरा सुन्ने गरेको र सुख दुख सुनाउने गरेको देखिन्छ । जनताले नै सुरक्षा दिएर मलाई गाँउ गाँउ घुमाईदिनु हुन्छ, उनले भने, ‘जनताको माया र अपार स्नेहले उत्साहित बनाएको छ ।’

म पार्टी, जातपात र यो त्यो भन्दा पनि राम्रो मान्छेलाई मत दिन आग्रह गर्दै आएको छु उनले भने । म राम्रो काम गरेको छु भने लायक नभए जनता मालिक हुन र स्वतन्त्र पनि उनले थपे । उनले जनताको साथ र अहिले सम्मको सदभावका लागि धन्यवाद पनि दिने गरेका छन । १२ बजे राती मात्र घरको लागि घरदैलो छोडेर हिन्छु जनताले पुग्ने वितिकै जहाँ पायो त्यही बसेर कुरा सुन्नु हुन्छ उनले भने मलाई न टेन्ट बनाउने न भाषण गर्नु परेको छ ।