एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ५ : जनकपुरधाममा पाँच दलिय सत्ताधारी गठबन्धनका शिर्षनेताहरु गठबन्धन जित्नै पर्ने अन्यथा गठबन्धनकारी सम्पुर्ण घटक दलको असितत्व समाप्त हुने बताएका छन् । देश, संविधान र अहिले सम्मका उपलब्धी बचाउन गठबन्धन जिताउनै पर्ने उनीहरुको तर्क थियो ।
प्रदेश एक बाट मधेश प्रदेशको राजधानी जनकपुरधाम हेलिकप्टर चढेर आएका प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता पाउनका लागि समेत गठबन्धन जित्नु पर्ने बताएका छन् । पाँच सात मिनेट मात्र बोलेका कांग्रेस सभापति समेत रहेका देउवाले नागरिकता विद्ययेककै विषयमा बोल्दै मधेश विरोधी शक्ति पहिचान गर्न आग्रह गरेका छन् ।
गठबन्धन घटक अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नजिते आवद्व सम्पुर्ण दलको विजोग हुने भन्दै एताउती नहेरि उम्मेदवारहरु जिताउन आग्रह गरेका छन् । गठबन्धन जिते भोली राजदुत, राष्ट्रियसभा सदस्य सहितका राजनितिक लाभ लिने अवसर वाँकी नै रहेको र नजिते सबै समाप्त हुने भन्दै उनले टिकट पाइएन भनेर घात गर्ने सोँच त्याग गर्न उनको आग्रह छ ।
सर्लाही २ सहितका क्षेत्रहरुमा गठबन्धन भित्रै पनि अर्को उम्मेदवारहरु रहेको ठाँउमा भोली सम्म बसेर एकलाई आधिकारिक बताउदै नमान्ने उम्मेदवारलाई सिधा कारवाहि गर्ने निर्णय लिन लागेको उनले बताए । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मधेश र मधेशीको मात्र नभई गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका समेत विरोधी केपि ओली पछि नलाग्न मधेशी जनतालाई आग्रह गरेका छन् ।
लोसपा नेपालका वरिठ नेता सरतसिंह भण्डारीले गत स्थानिय तहको निर्वाचनको नतिजालाई न्युह बनाएर अगामि चुनावमा तितामिठा कुराहरु नकोटयाउन आग्रह गर्दै लोकतन्त्र बचाउन गठबन्धन जित्नु पर्ने बताए ।
गठबन्धनको कार्यदलका संयोजक रामचन्द्र पौडेलले मधेशमा केपि ओली र एमाले जित्न लागेको जस्तो हाय हाय गर्नु मधेश मधेशीको अहितमा रहेको बताए । ओली र एमालेको चरित्र बुझन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महेन्द्र राय यादवलाई मञ्च भरिसकेपछि आसन ग्रहण गराएपछि उनी मञ्च बहिष्कार गरेर सहभागिमै बसेका थिए । उनलाई प्रचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने क्रममा दु:ख नमान्न र मुख्य मिसन पुरा गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा कांग्रेसका नेता विमलेन्द्र निधी, आनन्द प्रसाद ढुङ्गाना सहितकाले सम्बोधन गरेका थिए भने कार्यक्रमका व्यवस्थापक भनिएको कांग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्ण यादवले अध्यक्षता गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका एकआध वाहेक गठबन्धनका आधिकारिक र बागी उम्मेदवारहरुको समेत उपस्थिती थियो ।