एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ५ : सर्लाही क्षेत्र नं. २ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार राजेन्द्र महतो र महेन्द्र राय यादवको देशभरिमै चर्चा छ । एका समय राजपामा अध्यक्ष मण्डलका सदस्यद्वय महतो र यादव दोस्रो पटक प्रतिस्पर्धीका रुपमा सो क्षेत्रमा आमने सामने भएका छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा रायले महतोलाई पराजित गरेका थिए ।
२०७० सालमा राय संग पराजित भएकाले २०७४ सालको निर्वाचनमा सो क्षेत्र रायलाई छोडेर महतो धनुषा ३ (जनकपुरधाम) बाट कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधी संग चुनाव लडे र उनलाई पराजित गरे पुन: राजनिति वृतमा सफल चर्चामा आए । गत पाँच वर्षको संसदीय कालमा धोती कुर्ता परिहनले मात्र होइन महतो संसदको रोष्टममा गरेका भाषणहरु समेत चर्चामा रहयो ।
देश बेचुवावाला महतोको भाषण मधेशीले मात्र होइन पहाड र हिमालका सर्वसाधारणहरुले समेत मज्जाले सुनेको र रुचाएका थिए । महतोको शैली र आक्रोसको खुबै प्रशंसा भएको थियो तब सम्म राय उनी संगै थिए । तर राजपा र संघिय समाजवादी फोरमको एकता पछि बनेको जसपा नेपाल फटने बेला आयो राय आफना सहयात्रीहरुलाई छाडेर मन्त्री बन्न उपेन्द्र यादवको शरणमा पुगे ।
राय कृषि मन्त्रीको सपथ खान तयार रहेका जसपा नेता तथा सांसद प्रमोद साहलाई अप्रत्यासित रुपमा हटाएर सितल निवास जाँदै गरेको मन्त्रीहरुको तालिकामा आफनो नाम समावेश गर्न सफल भए र साहको ठाँउमा कृषि मन्त्रीको रुपमा सपथ खाए । मन्त्री बन्न जसपा तिर लागेका साहको बिच्चली भएको थियो । साह राजेन्द्र महतोको राजनितिक शिष्य हुन ।
राय मन्त्री त बने तर किसानलाई मल उपलब्ध गराउन नसक्नु उपेन्द्र यादवसंग कुरा नमिल्नुले यादव संग टाढिदै गएर जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुरामको शरणमा पुगे र अन्तत जसपाबाट बाबुराम फुटेर नेसपा बनाउँदा हाल नेसपाका संघिय परिषद अध्यक्ष रहेका छन् । तर डा. बाबुराम प्रचण्डको शरणमा पुगेपछि राय अहिले माओवादीको चुनाव चिन्ह लिएर क्षेत्रमा उम्मेदवार बनेका छन् ।
यि कुरा क्षेत्रका जनतालाई नपचेको र महतो यसै कुरालाई जनता समक्ष राख्ने गरेका छन् । मन्त्री बन्न र पदका लागि पटक पटक पार्टी बदलेका रायको पार्टीले अगामि चुनावमा केहि पनि गर्न नसक्ने भएकाले संसदमा राय भन्दा आफनो आवश्यकता रहेको महतोको तर्क छ । आफु जितेर गए क्षेत्रको विकास मात्र होइन लोसपालाई नयाँ उचाँईमा पुरयाएर सलार्ही जिल्लाकै गरिमा बढाउने उनले बताइरहेका छन् ।
सो जिल्लाबाट मधेश केन्द्रित दलका नेताहरु मध्ये महन्थ ठाकुर महोतरी बसाई सरेको, चन्दा चौधरी कांग्रेसको शरणमा गएर पार्टीलाई धोका दिएको र राय कामै नलाग्ने पार्टी खोलेर बसेकाले आफु जिते जिल्लाको सम्मान हुने महतोको तर्क छ । महतो भन्छन, ‘मिथिला र हाल मधेशको राजधानी जनकपुरधामवासीले मलाई केहि सोचेरै जिताएका थिए, पार्टी र राजनितिक उतारचढावका कारण धेरै काम गर्न सकिन अव अगामि कार्यकालमा वाँकी काम सार्थक तुल्याउनु छ