एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १ : युरोपियन युनियनका प्रतिनिधीहरुले मानव अधिकार उलंघनको सवालमा जनकपुरधामका पत्रकारहरु संग साक्षात्कार गरेको छ । जनकपुरधामको यात्री निवासमा आयोजित साक्षात्कार कार्यक्रममा युरोपियन युनियनका मिनिस्टर काउन्सेलर डा.जोइले हिभोनेटले मधेश प्रदेशमा मानव अधिकार उलंघनको क्षेत्रमा जातिय विभेद, जवरजस्ती करनी, लैङ्गिक हिंसा सहित घटनाहरुको आवस्था भयावह रहेको बताएका छन् ।
उनीहरुले साइवर क्राइमका घटनाहरु दिनानुदिन बढदै जाँदा पनि साइबर क्राइम घटनाको छानविन अझै काठमाण्डौं केन्द्रित रहेको प्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् । महिलाहरुको राजनितिक सहभागिता, अनलाइन र समाजिक सञ्जालमा हुने विभेद र त्यसले पार्ने प्रभाव सहितका घटनाहरुमा ठोस, सहज र सरल न्यायको अभाव रहेको बताए ।
कार्यक्रममा जनकपुरधामका करिव एक दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकारहरुले दातृ निकायहरु प्रदेशको समस्या बुझेर पछाडि परेका प्रदेशहरुको शिक्षामा लगानी बढाउन, मानव अधिकार उलंघनको घटनामा राज्यलाई दबाब बढाउन र आफुले सहयोग गर्दा त्यसको सदुपयोग कति को भयो भएन भन्ने विषयमा खवरदारी गर्न ईयु प्रतिनिधीहरुलाई सुझाव दिएका थिए ।