एसपी रिपोर्टर
जनकपुरधाम, असोज २९ : मधेश प्रदेशको राजधानी जनकपुरधामको वृहत सरसफाईका लागि जनचेतना जगाउन बाह्रबिघ्घा रंगभुमि मैदानको सरसफाई गरिएको छ । वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको समेत सक्रियतामा शनिवार भएको वृहत सरसफाई कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले विवाह पञ्चमीलाई मध्येनजर गर्दै बाह्रबिघ्घा रंगभुमि मैदानको संरक्षण र सौन्दर्यकरणका लागि मास्टरप्लान बनाउन पहल थालिएको र सोहि कारण सरसफाई गरिएको बताएका छन् ।
वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले जनचेतना अभिवृद्विका लागि सरसफाई गरिएको र बाह्रबिघ्घा रंगभुमि मैदानको संरक्षण र सौन्दर्यकरणका लागि अल्पकालिन र दिर्घकालिन गरि दुईवटा मास्टरप्लान समेत निर्माण गर्ने योजना रहेकाले आइतवार परिषदको कार्यालयमा वृहत बैठक समेत राखिएको बताए ।
आइतवार विहान ९ बजे परिषद र उपमहानगरपालिकाका साथै गुठी संस्थान, जानकी मन्दिर, राममन्दिर, भवन तथा शहरी कार्यालय सहितको सबै पक्षको सहभागितामा बैठक बसेर छलफल गरि बाह्रबिघ्घा रंगभुमि मैदानको वृहत संरक्षण र सौन्दर्यकरणको मास्टर प्लान बनाइने परिषदका अध्यक्ष साहले बताए ।