एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : सर्लाही क्षेत्र नं. २ मा अव रोचक प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट दुई टिम र एमाले जसपाको एक टिम सहित त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थिती देखिएपनि निर्णायक प्रतिस्पर्धा लोसपा वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजपार्टी पार्टीका नेता महेन्द्र राय यादव बिच नै हुने देखिन्छ ।
गठबन्धनबाट विज्ञप्ती निकाल्न लगाएर यादव आफु आधिकारिक बताइरहेका छन भने त्यस क्षेत्रमा पकड रहेको कांग्रेस नेता जंगीलालको टिकटका लागि लडेका महतो समुह आफुहरु नै आधिकारिक सावित हुने बिश्वास व्यक्त गरिरहेका छन् । हामी विज्ञप्ती निकालेर होइन जनताबाट अनुमोदन भएर आधिकारिक बनेर देखाउँछौ महतो समुहले भने ।
हामी विज्ञप्ती होइन क्षेत्रमा विगतमा भएको विकास र वर्तमान राजनितिक परिस्थिती हेरेर मत दिन जनतालाई आग्रह गर्ने उनीहरुको भनाई छ । यादव पक्षले आफुहरु आधिकारिक रहेको र गठबन्धनको जित सुनिश्चित हुने बताउछन् । महतो पक्षले भने सहमती भइसकेको विषयमा गठबन्धनको एक पक्ष लोसपाको हस्ताक्षर बिना विज्ञप्ती निकाल्न लगाउनुनै अर्को पक्षको हारको भयलाई संकेत गरिरहेको दावी गर्छन् ।